विश्वकपमा अाज राति ठुलो खेल : पोर्चुगल र स्पेन आमनेसामने हुँदै

विश्वकपमा अाज राति ठुलो खेल : पोर्चुगल र स्पेन आमनेसामने हुँदै

रसिया विश्वकपमा अाज राति युरोपका दुई ठूला राष्ट्र युरोकप विजेता पोर्चुगल र स्पेन आमनेसामने हुँदै छन् ।

खेल नेपाली समयानुसार शुक्रबार राति ११ बजेर ४५ मिनेटपछि फिस्ट स्टेडियम सोचीमा हुनेछ । समूह ‘बी’मा स्पेन र पोर्चुगलबीचको खेललाई हेभिवेट भिडन्तका रूपमा हेरिएको छ ।

स्पेनसँग स्टार खेलाडीहरूको साथ रहेपनि विश्वकप सुरु हुनुभन्दा एक दिनअघि मुख्य प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरिनुको मनोवैज्ञानिक दबाब स्पेनिस टोलीमा हुनसक्छ ।

टोलीमा रहेको सबै खेलाडी पोर्चुगल फुटबलको इतिहासको पानालाई स्वर्णिम बनाउन सक्षम छन् । फुटबलको सबै खाले प्रतियोगिता जितिसकेका सुपरस्टार रोनाल्डोले जित्न बाँकी भने विश्वकप मात्रै हो । रोनाल्डोको सम्भवतः यो नै अन्तिम विश्वकप हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्