आज जर्मनी र मेक्सिकोबच प्रतिष्पर्धा हुँदै, हेड टु हेड यस्तो छ प्रतिस्पर्दा !

आज जर्मनी र मेक्सिकोबच प्रतिष्पर्धा हुँदै, हेड टु हेड यस्तो छ प्रतिस्पर्दा !

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ को खेलमा आज जर्मनी र मेक्सिकोबच प्रतिष्पर्धा हुँदैछ ।  विश्वकप विजेता जर्मनी र मेक्सिकोबीचको खेल मोस्कोस्थित लुज्निकी रंगशालामा हुनेछ ।
नेपाली समयअनुसार आज बेलुकी पौने ९ बजे दुवै टोलीबीच प्रतिष्पर्धा हुँदैछ । ४ पटकको विश्वकप विजेता जर्मनी समूह चरणको पहिलो खेलमा जित हात पार्दै सुखद् सुरुवात गर्ने प्रयासमा रहेको छ मेक्सिको जर्मनीलाई रोक्ने रणनीतिमा छ । जर्मनीका उत्कृष्ट खेलाडी भए पनि लय अभाव रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

हेड टु हेड

जर्मनी र मेक्सिकोले अहिलेसम्म ११ पटक प्रतिस्पर्धा गरिसकेका छन् । अहिलेसम्मका खेलमा ६ खेल जर्मनीले जितेको छ भने ४ खेलमा बराबरीमा सकिएको छ । एक खेलमा भने मेक्सिकोले जितेको छ ।  १९७८, १९८६ र १९९८ को विश्वकपमा जर्मनीले मेक्सिकोलाई पराजित गरेको छ भने सन् १९७१ को मैत्रीपूर्ण खेल र सन् २००५ र २०१७ को फिफा कन्फेरेडेरेशन कपमा मेक्सिकोलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्