विश्वकपको पहिलो खेलमा जर्मनीको ३६ वर्षपछि पहिलो हार

विश्वकपको पहिलो खेलमा  जर्मनीको  ३६ वर्षपछि पहिलो हार

विश्वकप फुटबल २०१८ को दाबेदार मानिएको जर्मनी मेक्सिकोसँग एक—शून्यले पराजित भएको छ । समूह एफ अन्तरगतको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकोले स्तब्ध पारेको छ । मेक्सिकोका लागि हिर्विङ लोजानोले ३५ औँ मिनेटमा गोल गरे ।  विश्वकपमा प्रतियोगितामा मेक्सिकोले जर्मनीलाई पहिलो पटक हराउँदै इतिहास रचेको छ ।

जर्मनी सन् १९८२ यता विश्वकपको पहिलो खेलमा पहिलो पल्ट हारेको छ  । जर्मनीले थुप्रै पटक गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।समूह एफमा दक्षिण कोरिया र स्वीडेनका साथै मेक्सिको र जर्मनी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्