श्रीलंकाका क्रिकेट कप्तान दिनेश चण्डिमालमाथि बल टेम्परिङको आरोप

श्रीलंकाका क्रिकेट कप्तान दिनेश चण्डिमालमाथि बल टेम्परिङको आरोप

श्रीलंकाका कप्तान दिनेश चण्डिमालमाथि बल टेम्परिङको आरोप लागेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले चण्डिमालमाथि वेष्ट इण्डिजविरुद्धको दोस्रो खेलमा ‘बलको अवस्था परिर्वतन’ गरेको अभियोग लगाएको हो ।

 

श्रीलंका क्रिकेटले भने आफ्नो खेलाडीको बचाउ गरेको छ । आफ्ना खेलाडी गलत गतिविधिमा संलग्न नभएको भन्दै उसले खेलाडीको बचाउमा जुनसुकै कदम चाल्न तयार रहेको बताएको छ ।

उसले विज्ञप्ति निकालेर अनावश्यक आरोप लगाएको बताएको छ । ‘टीम व्यवस्थापनले हामीलाई जानकारी गराएको छ कि कुनै खेलाडी गलत क्रियाकलापमा छैनन्’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्