सन्नी लियाेनको इन्टाग्राममा यस्तो बाेल्ड तस्बिर , फेरी विवादमा !!

सन्नी लियाेनको इन्टाग्राममा यस्तो बाेल्ड तस्बिर , फेरी विवादमा !!

अभिनेत्री सन्नी लियाेन बारम्बार विवादमा अाउने गर्छिन् । उनै सन्नी अहिले फेरी एक फाेटाेका कारण विवादमा तानिएकी छिन् ।

सन्नीका श्रीमान् डेनियल वेबरले आइतबार फादर्स डेको मौकामा आफ्नो, सन्नी र छोरी निशाको बाेल्ड तस्बिर इन्टाग्राममा सेयर गरे । उक्त फोटोमा आमा-छोरीले कुनै लुगा लगाएको देखिँदैन् । यद्यपि, आमाको संवेदनशील अंग छोरीको शरीरले छोपिएको छ । डेनियलले चाहीँ तल जिन्स लगाएका छन् र माथी नांगै छन् ।

फाेटाे सेयर गरेर ड्यानियलले लेखेका छन्, ‘आज फादर्स डे हो । यो सबैभन्दा सर्वोत्तम प्रेम हो । धन्यवाद सन्नी लियोन, निशा कौरसँग भेट गराएकोमा र हामी दुबैलाई प्रेम गरेकोमा । उनी मेरा लागि सबैकुरा हुन्, उनले मेरो मन जितेकी छिन् । ’

तस्वीर त्यस्तो आपत्तिजनक नदेखिएपनि यही फोटोलाई लिएर अहिले उनीहरुको चर्को आलोचना भइरहेको छ । सानी छोरीसँग नांगै फोटो खिचाएको भनेर सन्नीको आलोचना भएको हो । कैयनले विभिन्न अपशब्द प्रयोग गर्दै छाेरीलाइ पनि अाफू जस्तै पाेर्न स्टार बनाउने साेँच त छैन भनी सन्नी र डेनियललाई गाली गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्