विश्वकप : आज पोल्यान्ड र सेनेगलबीच प्रतिष्पर्धा रोचक हुने

विश्वकप : आज पोल्यान्ड र सेनेगलबीच प्रतिष्पर्धा रोचक हुने

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा आज पोल्यान्ड र सेनेगलबीच प्रतिष्पर्धा हुँदैछ । पोल्याण्ड र सेनेगलबीचको खेल मस्को स्थित स्पार्टक रंगशालामा हुनेछ ।

नेपाली समयअनुसार आज बेलुकी ८ बजेर ४५ मिनेटमा दुवै टोलीबीच प्रतिष्पर्धा हुन लागेको हो । पोल्यान्ड विश्वकपमा आफ्नो पहिलो खेलमा जित निकाल्दै शुखद सुरुवात गर्ने तयारीमा छ भने सेनेगल पोल्यान्डलाई रोक्ने लक्ष्यमा छ ।
पोल्यान्ड र सेनेगलको अहिलेसम्म भेट भएको छैन । पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका यी दुबै टिम जितको खोजिमा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्