विश्वकप : इजिप्टका मोहम्मद सालहले रुससँगको खेलका लागि फिटनेश टेस्ट पास हुनुपर्ने

विश्वकप : इजिप्टका मोहम्मद सालहले रुससँगको खेलका लागि फिटनेश टेस्ट पास हुनुपर्ने

इजिप्टका मोहम्मद सालह मंगलबार हुने रुससँगको खेलका लागि फिटनेश टेस्ट पास हुनुपर्ने भएको छ ।

सालह बिनाको इजिप्ट आफ्नो पहिलो खेलमा उरुग्वेसँग अन्तिममा एक गोल खाँदै पराजित भएको थियो ।

तर सालह अब मंगलबार हुने रुससँगको दोस्रो खेलमा भने मैदानमा हुने इजिप्टको फुटबल एसोसिएसनले जनाएको छ । सालह पहिलो खेलमा बेन्चमा त थिए तर मैदानमा छिरेनन् ।

सालह च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियल मड्रिडसँगको फाइनलको क्रममा चोटग्रस्त भएका थिए । उनको काँधमा समस्या देखिएको थियो । उनी अहिले पूर्ण रुपमा फिट भएको इएफएले जनाएको छ ।

२५ वर्षका सालह मे २६ मा चोटग्रस्त भएयता मैदानमा फर्किएका छैनन् ।

इजिप्टका प्रशिक्षक हेक्टर कुपरले भने, ‘सालह फिट छन् । आशा छ उनी खेल्न सक्ने गरी फिट भएका छन् । पहिलो खेलमा पनि उनी फिट भएको लागेको थियो तर अहिले अन्तिम फिटनेश टेस्ट बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्