आज विश्वकपमा यस्ता खेल हुदै !! मेस्सीको जादुई खेलको प्रतिक्षामा दर्शक !

आज विश्वकपमा यस्ता खेल हुदै !! मेस्सीको जादुई खेलको प्रतिक्षामा दर्शक !

काठमाडौं । रुसमा जारी ‘विश्वकप २०१८’ अन्तरगत आज  सी र डीका तीन खेल हुदैँ छ ।  सी अन्तरगत पहिलो खेल डेनमार्क भर्सेस अष्ट्रेलिया हुदैँ छ भने दोस्रो खेल फ्रान्स भर्सेस पेरु हुदैँछ । आजै हुने तेस्रो खेलमा समुह डीमा रहेको अर्जेन्टिना भर्सेस क्रोएसियाबीच हुदैँ छ ।

डेनमार्क भर्सेस अष्ट्रेलिया

रुसकमा जारी विश्वकप २०१८ अन्तर्गत आज सी र डीका खेल हुदैछ । समुह चरणको दोस्रो खेलमा समुह सीअन्तरगत डेनमार्क र अष्ट्रेलिया तथा फ्रान्स र पेरु भिड्दैछ ।

डेनमार्कले पहिलो खेलमा पेरु माथि एक गोलको जित निकाल्दै ३ अंक बटुलिसकेको छ भने उसका प्रतिष्पर्धी अष्ट्रेलिया फ्रान्ससग दुई एक गोलले पराजित हुदै अंकविहीन बनेको थियो । डेनमार्क र अष्ट्रेलियाको यस अघि हेड टु हेडका आधारमा तीन पटक भेट भएको छ । सन् २००७ बाट तीन पटक अन्तर्राष्ट्रिय खेलमा भेट हँुदा डेनमार्क दुई पटक जित निकाल्दा अष्ट्रेलियाले मात्र एक पटक जित निकालेको छ । विश्वकपको समुह मा पनि डेनमार्कले जित निककालेको कारण आजको खेलमा पनि अष्ट्रेलिया विरुद्ध डेनमार्क कै हावी हुने सभ्भावना प्रवल छ । यी दुइृको खेल नेपाली समय अनुसार सामारा एरेनामा पौने ६ बजे हुनेछ ।

फ्रान्स भर्सेस पेरु

समुह सी अन्तरगतको अर्को आज हुने खेल हो – फ्रान्स भर्सेस पेरु । समुह चरणको पहिलो खेलमा अष्ट्रेलियालाई हराएको फ्रान्ससंग तीन अक छ ।

आजको खेलमा पनि फ्रान्सले पेरु माथि जित निकाले प्रि क्वाटरफाईनलको नजिक पुग्नेछ । उता पहिलो खेलमा नै डेनमार्कसंग पराजित भएको पेरु आजको खेलमा पनि हार व्यहोरे विश्वकपबाट बाहिरीने सम्भावना छ । फ्रान्स भने तीन अंक बनाउदा समुह सीको शीर्ष स्थानमा छ । पेरु भने अंक तालिकाको पुछारमा छ । हेड टु हेडका आधारमा यी दुइृको भेट सन् १९८२ मा मैत्रिपुर्ण खेलमा मात्र भएको छ । जहाँ पेरुले एक शुन्यले जितेको थियो । यी दुईको खेल नेपाली समय अनुसार पौने नौ बजे एकाटेरिनवर्ग स्टेडियममा हुनेछ ।

अर्जेन्टिना भर्सेस क्रोएसिया

विश्वकप २०१८ बाट विश्वकपको यात्रा सुरु गरेको नव टिम आईसल्याण्डसग समुहको पहिलो खेलमा बराबरी गरेको अजेन्र्टिनाले आज समुहको दोस्रो खेलमा क्रोएसिया विरुद्ध भिड्दैछ । पहिलो खेलबाट एक अंक बाँडेको अर्जेन्टिनाले विश्वकपको यात्रालाई अगाडि बढाउन पनि क्रोएसिया विरुद्ध जित निकाल्नु पर्ने आवश्यकता देखिन्छ ।

उपाधि दावेदार मानिएको अर्जेन्टिनालाई आजको खेलमा बढि तनाव हुने पक्का छ । तालिकाको तेस्रो स्थानमा छ । उता अर्जेन्टिनाको प्रतिद्धन्द्धी क्रोएसिया पनि आजको खेलमा जित निकाल्दै प्रिक्वाटर फाईनलको नजिक जान चाहन्छ । क्रोएसियाले आफनो समुहको पहिलो खेलमा नाईजेरियालाई दुई शुन्यको जित निकाल्दै तीन अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । यी दुइृको भेट यसअघि तीन पटक भएको छ । दुई पटक अजेन्टिनाले जित्दा एक पटक क्रोएसियाले जितेको छ । यी दुईको खेल नेपाली समय अनुसार पौने १२ बजे निज्नीनोभगोरेड स्टेडियममा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्