एजेन्सी । भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीकी श्रीमती शाक्षीले आफ्नो जीवनमा सुरक्षा थ्रेट बढेको बताउँदै बन्दुकको लाइसेन्सका लागि आवेदन दिएकी छिन् । ३२ वर्षीया शाक्षीले पेस्तोल वा ३२ रिभल्भर राख्न पाउनुपर्ने माग गर्दै आवेदन दिएको द वायरले जनाएको छ ।
अघिकांश समय एक्लै घरमा रहँदा तथा निजी कामका लागि बाहिर जाँदा आफूले असुरक्षित महसुस गर्ने उनको दाबी छ । यही कारणले खतरा बढेकाले जीवन सुरक्षाका लागि बन्दुक आवश्यक रहेको उनी बताउँछिन् । उनका पति धोनीले पनि सन् २००६ मा नाइन एमएमको लाइसेन्सका लागि आवेदन दिएका थिए । तर सुरक्षा निकायले उनको आवेदन अस्वीकृत गरेको थियो । पछि उनलाई पेस्तोलको लाइसेन्स दिइएको थियो ।