पोर्चुगलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो

<span class='c1'>पोर्चुगलको अन्तिम १६ मा</span> <span class='c2'>पुग्ने सम्भावना बलियो</span>

रूस – क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले विश्वकप फुटबलमा अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ।

रूसको मस्कोस्थित लुज्निकी रंगशालामा सम्पन्न समूह चरणको दोस्रो राउन्डको बुधबारको पहिलो खेलमा पोर्चुगलले मोरक्कोलाई १–० ले पराजित गरेको हो।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे। पहिलो हाफको चौंथो मिनेटमा रोनाल्डोले कर्नरमार्फत हेड गोल गरेका हुन्। रोनाल्डोको सोहि गोल जित दिलाउन महत्वपूर्ण बन्यो। जोवा मौटन्होले प्रहार गरेको कर्नर बललाई रोनाल्डोले हेडमार्फत गोल गर्दै मोरक्कोलाई सुरुवातमै झड्का दिएका थिए।

योसँगै रोनाल्डोले जारी विश्वकपको २ खेलमा ४ गोल गर्दै आफूलाई शीर्ष स्थानमा राखेका छन्। आफ्नो पहिलो खेलमा स्पेनविरुद्ध ३ गोल गर्दा सबै गोल रोनाल्डोलेनै गरेका थिए। मोरक्कोविरुद्ध गोल गरेसँगै रोनाल्डो सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने युरोपका खेलाडी बनेका छन्। उनले पोर्चुगलका लागि १५२ खेलमा ८५ गोल गरेका छन्।

सुरुवातमै गोल खाएरपनि मोरक्कोले पोर्चुगललाई खेल अवधिभर दबाबमा राखेको थियो। तर पोर्चुगलका डिफेन्डर र गोलकिपरले मोरक्कोका पटक पटकका प्रहार बिफल तुल्याएका थिए।

दोस्रो हाफमा मोरक्कोको आधा दर्जन प्रहार पोर्चुगलले विफल बनाएको थियो। खेलअवधिभर मोरक्कोको पक्षमा ६० र  पोर्चुगलको पक्षमा ४० प्रतिशत बल थियो। जितपछि पोर्चुगलको ४ अंकका साथ शीर्ष स्थानमा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्