डेनमार्कका खेलाडी जोनास छोरीको बाबु बनेपछि विमान चार्टर गरि घर पुगेर फर्किए

डेनमार्कका खेलाडी जोनास छोरीको बाबु बनेपछि विमान चार्टर गरि घर पुगेर फर्किए

विश्वकप खेल्न रसिया पुगेका डेनमार्कका खेलाडी जोनास क्नुड्सन छोरीको बाबु बनेपछि विमान चार्टर गरि घर पुगेर फर्किएका छन्।

विश्वकप फुटबलका लागि रूसमा रहेका बेला डिफेन्डर पिता बनेका हुन्। उनकी श्रीमती ट्रिनीले छोरी जन्माएकी हुन्। ट्रिनीले तोकिएको समय भन्दा पहिले नै बच्चा जन्माए पछि विमान चार्टर गरी छोरीको मुख हेरेर फर्किएका छन्।

जोनासले विश्वकपमा शनिबार पेरू विरूद्ध खेलेका थिए। उक्त खेलमा डेनमार्क १–० ले विजयी भएको थियो।

उक्त खेलपछि जोनास डेनमार्क गएका हुन्। त्यसका लागि साथीहरूले जेट विमान चाटर्ड गराए । जोनास डेनमार्क पुगेर छोरी हेरेर फर्किएका छन् ।

डेनमार्कका गोलरक्षक क्यास्पर स्माइकलले खेलसँगै मानवीयता बिर्सन नहुने भन्दै आफूहरू मानवीय पक्ष हेर्न चाहेको बताए। उनले आफ्नो टिममा धेरै बुवाहरु भएको भन्दै फुटबलरसँगै आफूहरू मान्छे भएको कुरा बिर्सनु नहुने प्रतिक्रिया दिए।

‘म पनि बुवा हुँ र जोनासका लागि यस्तो महत्वपूर्ण बेलामा उनी त्यहाँ नहुनु कति कठिन भयो भन्ने आँकलन गर्न सक्छु। हामी उनले छोरी हेर्न पाउने व्यवस्था गर्नका लागि तयार भएका हौ,’ उनले भने।

छोरी हेरेर रुस फर्किएका जोनासले बिहीबार बेलुका पौने ६ बजे हुने अस्ट्रेलियासँग खेल खेल्नेछन्।

जोनासले छोरीका लागि डेनमार्कको जर्सी लगेका थिए। उनले श्रीमतीले त्यो जर्सी लिएको तस्बिर इन्स्टाग्राममा पोस्टसमेत गरेका छन्।(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्