विश्वकपमा आज : अर्जेन्टिना र क्रोएसियाबीचको प्रतिस्पर्धा कडा हुने अनुमान

विश्वकपमा आज : अर्जेन्टिना र क्रोएसियाबीचको प्रतिस्पर्धा कडा हुने अनुमान

एजेन्सी । रसियामा जारी विश्वकपअन्तर्गत आज समूह ‘डि’ को अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । अर्जेन्टिनाले समूह चरणको आफ्नो दोस्रो खेलमा क्रोएसियासँग निज्याहुँ नभग्रोर्डा रंगशाला प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ ।

यसअघि समूह चरणको पहिलो खेलमा अर्जेन्टिनाले आइसल्याण्डसँग बराबरी खेल्दै अंक बाँडेको थियो । अर्जेन्टिनाले डेब्यु टिम आइसल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो । यता, क्रोएसियाले भने नाइजेरियालाई पराजित गरेको थियो । क्रोएसियाले नाइजेरियालाई २—० गोलले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुलेको थियो ।

नकआउट चरणमा पुग्ने सम्भावनालाई कायमै राख्न अर्जेन्टिनालाई जित्नैपर्ने दबाब छ । त्यसो त, विश्वचर्चित खेलाडीले भरिभराउ भएको अर्जेन्टिना बलियो टिम हो । यद्यपी अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आइसल्याण्डविरुद्धको पेनाल्टीमा चुकेका थिए ।
कप्तान मेस्सीलाई रोक्न क्रोएसियाका खेलाडीलाई निकै मुस्किल हुने छ । तर क्रोएसिया पनि कमजोर टिम भने होइन ।

अर्जेन्टिना र क्रोएसियाबीच अहिलेसम्म ४ पटक भेट भएको छ । ३ वटा मैत्रीपूर्ण खेल खेलमा र एक पटक विश्वकप यी दुई टिमले प्रतिस्पर्धा गरेका छन् । पहिलो पटक सन् १९९४ मा अर्जेन्टिना र क्रोएसियाबीच भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीमा सकिएको थियो । सन् १९९८ को विश्वकपमा अर्जेन्टिनाले क्रोएसियालाई १—० गोलले पराजित गरेको थियो ।

त्यस्तै, सन् २००६ मा भएको मैत्रिपूर्ण खेलमा अर्जेन्टिनालाई क्रोएसियाले ३—२ गोलले पराजित गरेको थियो भने, २०१४ मा भएको अर्को मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले क्रोएसियालाई २—१ गोलले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्