चर्चित बलिउड फिल्म थ्री इडियट्सको सिक्वेल बन्ने

चर्चित बलिउड फिल्म थ्री इडियट्सको सिक्वेल बन्ने

एजेन्सी। ब्लकबस्टर बलिउड फिल्म थ्री इडियट्सको सिक्वेल बन्ने भएको छ ।फिल्मले व्यवसायिकरुपमा सफलताको किर्तिमान राखेको थियो ।

थ्री इडियट्सकाे सिक्वेल भन्ने बित्तिकै अामिरका फ्यानहरू खुसी हुन्सक्छन् । तर, सिक्वेलमा आमिर नै हुनेछन् भन्ने पक्का भर्इसकेकाे छैन् । याे फिल्ममा काेकाे कलाकारहरू हुने भन्ने विषय अझै फाइनल भइसकेकाे छैन् ।

निर्देशक राजकुमार हिरानीले बल्ल फिल्मको स्क्रिप्टमा काम थालेका छन् भने उनलाइ अभिषेक जोशीले साथ दिइरहेका छन् ।

थ्री इडियट्स चर्चित लेखक चेतन भगतको उपन्यासमा आधारित रहेर बनेकाे थियाे । तर, यसको सिक्वेल भने मौलिक हुने निर्देशक हिरानीले जानकारी दिएका छन् ।

थ्री इडियट्सको सिक्वेलका लागि दर्शकहरुले केही समय भने प्रतिक्षा गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्