ब्राजिल र कोस्टारिकाबीचको खेल रोमान्चक हुने ,यस्तो छ इतिहास !

<span class='c1'>ब्राजिल र कोस्टारिकाबीचको खेल रोमान्चक</span> <span class='c2'>हुने ,यस्तो छ इतिहास !</span>

एजेन्सी । रसिया विश्वकप फुटबलअन्तर्गत आज समुह ‘ई’ को ब्राजिल र कोस्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ । रसियाको सेन्टपिटर्सवर्ग रंगशालामा ब्राजिल र कोस्टारिकाबीचको खेल हुन लागेको हो ।

नेपाली समयअनुसार आज राति ५ बजेर ४५ मिनेटमा खेल हुनेछ । यसअघि समूह चरणको पहिलो खेलमा दुवै टिमले एक—एक खेल खेलिसकेका छन् । ब्राजिलले स्वीट्जरल्याण्डसँग १—१ गोलको बराबरी खेलेको थियो । यता, कोस्टारिका भने सर्बियासँग १—० गोलले पराजित भएको थियो ।

नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाउनका लागि आजको खेल ब्राजिलाई जित्नैपर्ने दबाब छ । यता, कोष्टारिका आजको खेलमा पनि पराजित भए समूह चरणदेखि नै बाहिरिने खतरा छ ।

हेड टु हेड
अहिलेसम्म ब्राजिल र कोस्टारिकाको ९ पटक भेट भइसकेको छ । जसमा ८ खेलमा ब्राजिलले जितेको थियो भने १ खेलमा ब्राजिल कोस्टारिकासँग पराजित भएको थियो ।

सन् १९५६ मा पहिलो पटक भएको खेलमा ब्राजिलले कोस्टारिकालाई ७—१ गोलले पराजित गरेको थियो । तर, सन् १९६० मा ब्राजिललाई कोस्टारिकाले ३—० गोलले पराजित गरेको थियो । सन् १९६० भएको अर्को खेलमा ब्राजिलसँग कोस्टारिका पराजित भएको थियो ।
सन् १९९० र २००२ मा भएको विश्वकपमा ब्राजिलसँग कोस्टारिका पराजित भएको थियो । त्यसैगरी, १९९२, २०११ र २०१५ मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले कोस्टारिकालाई पराजित भएको थियो ।

त्यस्तै, सन् १९९७ र २००४ मा भएको कोपा अमेरिका कपमा ब्राजिलले कोस्टारिकालाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्