जर्मनीको स्विडेनविरुद्ध कठिन जित , जर्मनीले २-१ को जित निकाल्यो

<span class='c1'>जर्मनीको  स्विडेनविरुद्ध कठिन जित ,</span> <span class='c2'>जर्मनीले २-१ को जित निकाल्यो</span>

१० असार, काठमाडौं । विश्वकप २०१८ को दावेदार जर्मनीले स्विडेनविरुद्ध कठिन जित दर्ता गरेको छ ।

जर्मनीको जीतको नायक टोमी क्रुस बने । अतिरिक्त समयको अन्तिम मिनेटमा टोमीले फ्रिकिकबाट गोल गरेका थिए ।

 

खेलमा सुरुआती अग्रता भने स्विडेनले लिएको थियो । ३२ औं मिनेटमा ओला टोइभोनेनले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको जर्मनीले दोस्रो हाफमा बराबरी गोल गर्‍यो । ४८ औं मिनेटमा मार्को रेउसले बराबरी गोल फर्काएका हुन् ।

८२ औं जोरेम बोटिङ दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपछि जर्मनीलाई संकट आइलाग्यो । १० खेलाडीमा सीमित भए पनि जर्मनीले सम्हालिएको प्रदर्शन गर्‍यो । गोल गर्ने केही अवसरहरु पनि सिर्जना गर्‍यो तर सदुपयोग गर्न सकेन ।

निर्धारित ९० मिनेटको समय सकिएपछि अतिरक्त समयको पाँच मिनेटमा टोनी क्रुसले डिबक्स भित्रबाट प्रहार गरेको बलले जाली चुम्यो र, जर्मनीले २-१ को जित निकाल्यो ।

विश्वकपमा अतिरिक्त समयको अन्तिम समयमा गोल गर्ने टोनी क्रुस दोस्रो खेलाडी हुन् । यसअघि सन् २००६ मा फ्रान्सिस्को टोटीले अस्ट्रेलियाविरुद्ध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्