यस्ता पनि फुटबल फ्यान :विश्वकप हेर्न ट्रयाक्टरमै रसिया पुगे स्वीट्जरल्यान्डका फ्यान !

<span class='c1'>यस्ता पनि फुटबल फ्यान :विश्वकप  हेर्न</span> <span class='c2'>ट्रयाक्टरमै रसिया पुगे स्वीट्जरल्यान्डका फ्यान !</span>

एजेन्सी । जारी विश्वकपमा आफ्नो टिमलाई समर्थन गर्न अहिले मानिसले अनौठा तरिका अपनाइरहेका छन् । स्वीट्जरल्यान्डका केही निष्ठावान फ्यानहरु पनि यसरी नै विश्वकपमा आफ्नो देशले जितेको हेर्नकै लागि कठिन बाटो अपनाएर चर्चामा आएका हुन् ।

स्वीट्जरल्यान्डमा बस्ने कजोसेफ वायर, बिट स्टडर र वर्नर जिमरम्यान एकसाथ १८०० किलोमिटरसम्म ट्रयाक्टरको यात्रा गरि रसिया पुगेका हुन् । विमानमा जान असमर्थ भएपछि उनीहरु सर्बिया विरुद्ध स्वीट्जरल्यान्डको खेल हेर्नकै लागि ट्रयाक्टरमा सवार भइ कलिनिनग्राड स्टेडियम पुगेका हुन् । सो खेलमा स्वीट्जरल्यान्ड २–१ स्कोरसहित विजयी भइसकेको छ । यसरी आफ्नो टिमलाई समर्थन गर्नकै लागि यति टाढादेखि कठिन यात्रा गरि विश्वकप हेर्न आएका फ्यानहरुले अहिले सबैको ध्यान केन्द्रित गराएका हुन् । 

त्यसैगरी मेक्सिकोका अर्का एक फ्यान पनि खेल हेर्न रुस जान नसकेपछि साथीहरुले तिनको ठूलो तस्बिरयुक्त कार्डबोर्ड स्टेडियममा सँगै लगि उनको कमी पूरा गरेका हुन् । उनको सो तस्बिर पनि सामाजिक संजालमा धेरै चर्चित भइसकेको छ ।

४ वर्षको लामो पर्खाइपछि सुरु हुने विश्वकप यिनै उत्साहित फ्यानहरुका कारण रोमाञ्चक बन्ने गरेको छ । कतिपय स्थानमा यही खेलका नाममा मानिसहरुले कलह पनि मचाउने गरेका छन् तरपनि विश्वकप हर्षमय उत्सव मानिन्छ जसले विश्वभर उत्साहजनक माहोल पैदा गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्