विश्वकप फुटबल : नकआउट चरणमा अर्जेन्टिना र फ्रान्स भिड्ने

विश्वकप फुटबल : नकआउट चरणमा अर्जेन्टिना र फ्रान्स भिड्ने

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘डि’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको अर्जेन्टिनाले प्रिक्वाटरफाइनलमा समूह सि को विजेता फ्रान्सको सामाना गर्ने भएको छ । समूह डि को उपविजेता बनेसँगै अर्जेन्टिनाले फ्रान्स प्रतिद्धन्दी पाएको हो ।

अर्जेन्टिनाले मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई २–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह डि को विजेता भने क्रोएसिया भएको छ । प्रिक्वाटरफाइनलमा क्रोएसियाले डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।

क्रोएसियाले समूह चरणको सबै खेलमा जित हात पारेको हो । क्रोएसियाले मंगलबार राति भएको खेलमा आइसल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्न सफल भएको हो ।

यता, समूह सि को विजेता बनेको फ्रान्सले भने ३ खेलमध्ये २ खेलमा जित र एक खेलमा बराबरी खेल्दैको थियो । त्यस्तै, समूह सि को उपविजेता बनेको डेनमार्कले २ खेलमध्ये १ खेलमा जित र २ खेलमा बराबरी खेल्दै ५ अंक बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्