अर्जेन्टिनाको अप्रत्यासित जित संगै डिएगो म्याराडोना बिरामी परे

<span class='c1'>अर्जेन्टिनाको अप्रत्यासित जित संगै</span> <span class='c2'>डिएगो म्याराडोना बिरामी परे</span>

एजेन्सी । मंगलबार रातिको खेलमा नाइजेरियामाथि अर्जेन्टिनाको २—१ गोलको अप्रत्यासित जितसँगै रंगशालाको विशिष्ट कक्षमा रहेका अर्जेन्टिनाका फुटबल लेजेन्ड डिएगो म्याराडोना बिरामी भए । नाइजेरियालाई पराजित गर्र्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेपछि रंगशालामा खेल हेर्दै गरेका म्याराडोना निकै उत्साहित भएका थिए ।

अर्जेन्टिना र नाइजेरियाबीचको खेल सुरु भएको १५ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले एक गोल गर्दै १—० को अग्रता दिलाएका थिए । तर, नाइजेरियाले ५१ औं मिनेटमा गोल गरेपछि खेल १—१ को बराबरीमा पुग्यो ।

त्यसपछि खेलको ८६ औैं मिनेटमा अर्जेन्टिनाका डिफेन्डर मार्कस रोजोले गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए । उक्त गोलपछि म्याराडोनाले उत्साहित हुँदै आफ्ना वरपर रहेका शुभचिन्तकसँग अंकमाल र चुम्बन गर्दै खुसी साटासाट गरेका थिए ।

म्याराडोनाले रोजोको गोलपछि मैदानतर्फ देखाउँदै दुवै हातका माझीऔंला उठाएका थिए । त्यसपछि उनी रंगशालामै एक्कासि बिरामी परेपछि प्राथमिक उपचार दिइएको थियो ।

उनको मेडिकल टिमले अस्पताल पुर्याउन भनेपछि म्याराडोनालाई नजिकैको अस्पताल पुर्याइएको बताइएको छ । अस्पतालमा जाँच गर्दा रक्तचाप कम भएको पाइएको थियो । केही समय अस्पतालमा रेष्ट गरेर म्याराडोना मस्को फर्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्