यौनकर्मीलाई रणबीर र अनुष्काले अपमानजनक शब्द प्रयोग गरे भन्दै उजुरी

यौनकर्मीलाई रणबीर र अनुष्काले अपमानजनक शब्द प्रयोग गरे भन्दै उजुरी

मुंबई । संजय दत्तको बायोपिक ‘संजू’मा बोलिएको एउटा डायलगलाई लिएर रणबीर कपूर र अनुष्का शर्मा विरुद्ध महिला आयोगमा उजुरी परेको छ। उजुरीकर्ताहरुका अनुसार फिल्ममा रणबीर अनुष्काले एउटा सीनमा यौनकर्मीहरुलाई अपमानजनक शब्द प्रयोग गरेका छन् ।

उनीहरूका अनुसार संजूुको ट्रेलरको एक सीनमा अनुष्का रणबीरसँग सोध्छिन्, ‘तिम्रो आफ्नो श्रीमती बाहेक कति जनासँग शारीरिक सम्वन्ध थियोे ?’ जवाफमा रणबीर बोल्छन्, ‘यौैनकर्मीलाई छाडेर ३०८ जना सँग सम्मको याद छ तर ३५० भन्दा फरक पर्दैन।’

फिल्ममा बाेलिएकाे यो संवादकाे कारण पेशागत महिला यौनकर्मीलाई अपमान गरेको उजुरीमा लेखिएको छ ।

‘संजू’ फिल्ममा रणबीर, अनुष्का बाहेक परेश रावल, मनीषा कोईराला, सोनम कपूरको पनि महत्वपूर्ण भूमिका रहेको छ । निर्देशक राजकुमार हिरानीको यस फिल्म २९ जुनमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्