विश्वकप फुटबलको नकआउट समीकरण पूरा , यी टिम बीच खेल हुदै

विश्वकप फुटबलको नकआउट समीकरण पूरा , यी टिम बीच खेल हुदै

एजेन्सी । विश्वकप फुटबलको नकआउट समीकरण पूरा भएको छ । समूह जि को अन्तिम खेल बिहीबार राति सम्पन्न भएसँगै विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने टिमको छिनोफानो भएको हो ।

विश्वकप फुटबलको नकआउट चरणमा समूह ए बाट उरुग्वे विजेता र आयोजक रसिया उपविजेता बन्दै प्रवेश गरेका छन् । त्यस्तै, समूह बि बाट स्पेन विजेता र पोर्चुगल उपविजेता बन्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह सि बाट फ्रान्स विजेता र डेनमार्क उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्दा समूह डि बाट भने क्रोएसिया विजेता र अर्जेन्टिना उपविजेता बन्दै विश्वकपको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

यता, समूह इ बाट भने ब्राजिल विजेता र स्वीट्जरल्यान्ड उविजेता बनेको हो । समूह एफ बाट स्वीडेन समूह विजेता र मेक्सिको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्दा विश्वविजेता जर्मनी भने समूह चरणबाटै बाहिरिन पुग्यो ।

समूह जि बाट बेल्जियम विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै विश्वकपको नकआउट चरणमा प्रवेश गर्दा समूह एच बाट भने कोलम्बिया विजेता र जापान उपविजेता बन्न पुग्यो ।

यी हुन् प्रिक्वाटरफाइनलका खेलहरू 

विश्वकप फुटबलको प्रिक्वाटरफाइनलका खेल शनिबारदेखि सुरु हुदैछ । पहिलो प्रिक्वाटरफाइनल खेलमा अर्जेन्टिनाले फ्रान्ससँग प्रतिस्पर्धा गर्दै छ । बलियो टिम अर्जेन्टिना र फ्रान्सबीचको खेल शनिबार राति नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा रसियाको कजान एरिनामा सुरु हुनेछ । विश्वकप फुटबलको अन्तिम १६ देखि यी दुई टिममध्ये एक बाहिरिने छ ।

त्यस्तै, शनिबार राति ११ बजेर ४५ मिनेटमा नै उरुग्वे र पोर्चुगलबीच प्रतिस्पर्धा हुदैछ ।

प्रिक्वाटरफाइनलअन्तर्गत जुलाई १ तारिखमा स्पेनले आयोजक रसियासँग प्रतिस्पर्धा गर्दा यहि दिन डेनमार्क र क्रोएसियाबीचको खेल राति ११ बजेर ४५ मिनेटमा हुदैछ ।
जुलाई २ तारिखमा ब्राजिलले मेक्सिकोसँग प्रतिस्पर्धा गर्दा यहि दिन बेल्जियमले जापानसँग प्रतिस्पर्धा गर्दै छ ।

प्रिक्वाटरफाइनलको अन्तिम दिन जुलाई ३ तारिखमा स्वीडेनले स्वीट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा कोलम्बियाले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्