विश्वकप फुटबल : जापान नअकाउट चरणमा पुग्यो , स्वच्छ खेलको छवि बन्यो आधार

विश्वकप फुटबल : जापान नअकाउट चरणमा पुग्यो , स्वच्छ खेलको छवि बन्यो आधार

एजेन्सी । बिहीबार राति भएको समूह एच को खेलबाट नअकाउट चरणमा समूह विजेता बन्दै कोलम्बिया र उपविजेता बन्दै जापान प्रवेश गरेका छन् ।

तर, समूह एचको खेलले आम दर्शकलाई चकित बनायो । जहाँ तेस्रो स्थानमा रहेको कोलम्बियाले सेनेगललाई पराजित गर्यो भने अर्कोतिर समूह चरणबाट बाहिरिसकेको पोल्याण्डले जापानलाई पराजित गर्यो ।
जापान पोल्याण्डसँग १—० गोलले पराजित भएपनि नकआउट चरण प्रवेश गर्यो । उता कोलम्बियासँग सेनेगल पराजित भएपछि विश्वकपबाट बाहिरिएको छ । सेनेगल कोलम्बियासँग पराजित भएपछि जापान र सेनेगलको बराबरी अंक रहेको थियो र, गोल अन्तर पनि बराबरी भएपछि स्वच्छ खेलको आधारमा छनोट भयो ।

जसले जापानलाई फाइदा गर्यो । सेनेगलले समूह चरणका तीन खेलमा ६ वटा पहेंलो कार्ड पाएको थियो भने जापानले ४ कार्डमात्र पाएको थियो । पोल्याण्डसँग पराजित भएपनि जापानले स्वच्छ खेलको छवि बनाउँदै प्रि–क्वाटरफाइनल प्रवेश गरेको छ ।
जापानले जुलाई २ मा बेल्जियमविरुद्ध प्रि–क्वाटरफाइनल खेल खेल्नेछ ।

यसअघि समूह चरणको पहिलो खेल कोलम्बियासँग खेलेको जापानले कोलम्बियालाई २—१ गोलले पराजित गरेको थियो । जुन खेल सकिएपछि जापानका फ्यानले रसिया मोद्रोभिया एरिनामा खेलका दौरान भएको फोहोर सफा गरेका थिए । जापानले समूह चरणको दोस्रो खेल सेनेगलसँग २—२ गोलको बराबरी खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्