विश्वकप फुटबलमा आज प्रि क्वाटरफाइनलका दुई खेल हुने

<span class='c1'>विश्वकप फुटबलमा आज प्रि</span> <span class='c2'>क्वाटरफाइनलका दुई खेल हुने</span>

काठमाडौं, असार १७ । विश्वकप फुटबलमा आज प्रि क्वाटरफाइनलका दुई खेल हुनेछन् ।

आज स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क भिड्नेछन् ।

रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा नेपाली समय अनुसार वेलुकी पौने ८ वजे स्पेन र रुसको खेल सुरु हुनेछ ।

समुह बी को विजेता स्पेनले समूह चरणमा ईरानलाई हराएको थियो भने पोर्चुगल र मोरक्कोसँग बराबरी खेलेको थियो ।

उता आयोजक रुस भने समुह ए को उपविजेता बन्दै नक आउट चरणमा उक्लिएको हो ।

रुसले समुह चरणमा साउदी अरेबिया र ईजिप्टलाई हराउँदा उरुग्वेसँग पराजित भएको थियो ।

आजै राति पौने १२ वजे निझ्नी नोभ्गोरोद रंगशालामा क्रोएसिया र डेनमार्क भिड्नेछन् ।

क्रोएसिया समुह डि को विजेता तथा डेनमार्क समुह सि को उपविजेता बन्दै राउण्ड अफ सिक्सटिनमा पुगेका हुन् ।

समुह चरणमा अर्जेन्टिनालाई ३-० ले हराएको क्रोएसियाले नाईजेरिया र आईसल्याण्डलाई पनि पराजित गरेको थियो ।

उता डेनमार्कले भने पेरुलाई १-० ले हराउँदा अष्ट्रेलिया र फ्रान्ससँग बराबरी खेलेको थियो ।

क्रोएसिया र डेनमार्क दुबै टोली विश्वकपको पहिलो उपाधिको खोजीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्