हारपछि स्पेनिस मिडफिल्डर आन्द्रे इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिए

<span class='c1'>हारपछि स्पेनिस मिडफिल्डर आन्द्रे इनिस्टाले</span> <span class='c2'>अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिए</span>

स्पेनिस मिडफिल्डर आन्द्रे इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आयोजक रसियासँग टाइब्रेकरमा हार्दै स्पेन विश्वकपको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएपछि इनिस्टाले पनि सन्यास लिएका हुन् ।

२०१० मा स्पेनले विश्वकप जित्दा निर्णायक गोल गरेका ३४ वर्षीय इजिस्टा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । टाइब्रेकरमा पहिलो पेनाल्टी हानेका उनले गोल गरे । तर, कोके र आसपासको पेनाल्टी रसियन गोलरक्षकले रोक्दै स्पेनलाई घर पठाए ।

खेलपछि इनिस्टाले भनेका छन्, ‘यो वास्तविकता हो कि राष्ट्रिय टिमबाट यो मेरो अन्तिम खेल हो ।’

इनिस्टाले २००६ मा राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले २००८ र २०१२ मा युरोकप जिदाउन पनि महत्वपूर्ण भूमिका खेले । इनिस्टाको अन्तिम खेल भने सुखद रहेन । उनले भने, ‘यो मेरो जीवनको दुःखद दिन हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्