विश्वकप फुटबलको क्वाटरफाइनलमा बेल्जियम र ब्राजिलबीच प्रतिस्पर्धा हुने

विश्वकप फुटबलको क्वाटरफाइनलमा बेल्जियम र ब्राजिलबीच प्रतिस्पर्धा हुने

एजेन्सी । विश्वकप फुटबलको क्वाटरफाइनलमा बेल्जियम र ब्राजिलबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार राती भएको प्रिक्वाटरफाइनलमा दुबै टिमले जित हात पार्दै क्वारटरफाइनलमा भेट पक्का गरेका हुन् ।

बेल्जियमले जापानलाई ३–२ गोलअन्तरको रोमाञ्चक जित निकाल्दै ब्राजिलसँग क्वाटरफाइनलमा भेट पक्का गरेको हो । यसअघि सोमबार राती नै भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो ।

बेल्जियम र जापानले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । जापानका लागि जेन्की हरागुचीले खेलको ४८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले सुन्दर गोल गरेका थिए । त्यसको ४ मिनेटपछि खेलको ५२औं मिनेटमा टाकासी इनुइले गोल गर्दै जापानलाई २–० गोलको अग्रता दिलाएका थिए ।

जान भेर्टोनघेनले खेलको ६९औं मिनेटमा गोल गर्दै बेल्जियमलाई २–१ गोलको स्थितिमा पुर्याएका थिए । उनले सुन्दर हेडर गोल गरे । त्यसको ५ मिनेटपछि नै खेलको ७४ औं मिनेटमा अर्को गोल गर्दै बेल्जियमले जापानविरुद्ध २–२ गोलको बराबरीमा पुर्याएको थियो । यो पटक भने बेल्जियमका मरौने फेलाइनीले गोल गरेका थिए । जापानले खेलको अन्तिम केही सेकेन्ड बेल्जियमलाई रोक्न नसक्दा हार ब्यहोरेको हो । अतिरिक्त समयमा बेल्जियमले गोल गर्न सफल भयो । बेल्जियमका लागि नासेर चाड्लीले गोल गर्दै बेल्जियमलाई ३–२ अन्तरको जित दिलाएका थिए ।

यता, ब्राजिलले भने मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्राजिलको जितमा नेयमार र रोबेर्टो फिर्मिनोले गोल गरे । पहिलो हाफमा दुबैले गोलरहित बराबरी खेलेका थिए ।

नेयमारले खेलको ५१औं मिनेटमा गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए । खेलको त्यस्तै, खेलको ८८औं मिनेटमा फिर्मिनोले गोल गर्दै ब्राजिललाई २–० गोलको अग्रता दिलाएका थिए । मेक्सिकोले गोल गर्ने राम्रो अवसर पाएपनि सदुपयोग गर्न भने सकेन । बाँकी समयमा गोल हुन नसकेपछि ब्राजिलले मेक्सिकोलाई २–० गोलले पराजित गरेको थियो ।

सेमिफाइनल प्रवेशका लागि बेल्जियम र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा ब्राजिल र बेल्जियमबीचको विजेताले अर्को क्वाटरफाइनलको उरुग्वे र फ्रान्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्