प्रियंका चोपडासंग हलिउड गायकको बिवाह हुने खबर

प्रियंका चोपडासंग हलिउड गायकको बिवाह हुने खबर

भारतीय संचार माध्यममा बलिउड नायिका प्रियंका चोपडा प्रियंका र हलिउड गायक निक जोनसकाे प्रेम संबन्धले ठुलै स्थान पाएकाे छ । उनीहरूकाे संबन्धबारे एकपछि अर्काे अपडेट भारतीय संचार माध्यममा अाइरहेकाे छ ।

प्रियंकाले अबकाे एक महिना भित्रै निकसंग विवाहकाे कुरा छिन्ने भएकी छिन् । बलिउड ग्ल्यामर म्यागेजिन फिल्म फेयरमा प्रकाशित समाचारलाई पत्याउने हो भने, समाचारमा नजिककाे स्राेतलार्इ उद्धृत गर्दै लेखिएकाे छ-‘जुलाइको अन्त्यसम्म वा अगस्टको शुरूतिर प्रियंकाले निकसँग इंगेजमेन्ट गर्नेछिन्। उनी आफ्नो विवाहको कुरा अगाडि बढाउनका लागि निकलाई आफ्नो आफन्तजनसँग भेटाउन घरमा लगेकी हुन्।’

केहि दिनअघि मुम्बइ पुगेकी प्रियंकाले आफ्नो फ्ल्याटमा एक फ्यामली पार्टी आयोजना गरेकी थिइन्, जहाँ उनले निकलाई आफ्ना साथीभाइसँग चिनाएकी थिइन्। बुझिएअनुसार निक प्रियंकासंग तत्कालै लिभ इनमा बस्न चाहान्छन् ।

निक प्रियंकाभन्दा १० वर्ष कान्छा छन् भने उनी अलिकति होचा भएपनि निकै ह्यान्डसम छन् । पछिल्लो समय गोवामा निकका साथ छुट्टी मनाउन गएकी उनका साथ भाइ सिद्धार्थ कपुर र परिणिती चोपडा पनि थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्