तनावमा हुनुहुन्छ ? यी जडिबुटी खानुस्

तनावमा हुनुहुन्छ ? यी जडिबुटी खानुस्

उच्च मानसिक तनाव अर्थात् डिप्रेसनले व्यक्तिलाई अनेक प्रकारबाट क्षति पुर्याउँछ । यसका कारण शरीरमा पित्त, कफ तथा वाथको सन्तुलन बिग्रिन जान्छ । यसको अतिरिक्त एलर्जी, अस्थमा, उच्च कोलेस्ट्रोल तथा आइपरटेन्शन जस्ता समस्या डिप्रेशनका कारण जन्म लिन्छन् । बढ्दो जीवनशैलीसँगै विकराल समस्याको रुप लिइरहेको डिप्रेसनबाट छुटकरा पाउन केही घरेलु उपाय छैनन् त ? पक्कै पनि छन् । केही जडिबुटीको सेवन गर्दा मानसिक तनावबाट सजिलै छुटकरा पाउन सकिन्छ ।
ती जडिबुटीहरु यस्ता छन्, ब्राह्मी
ब्राह्मीले तनाव पैदा गर्ने हर्मोन कोर्टिसोल कम गर्ने काम गर्छ । ब्राह्मी दिमागालर्य शान्त राख्नका साथै एकाग्रता बढाउनमा पनि धेरै मद्दतदार मानिन्छ ।

भृङ्गराज

भृङ्गराजबाट बनेको चिया निरन्तर एनर्जी दिने काम गर्छ । यसको सेवनले मस्तिष्कमा हुने रक्त प्रवाहमा निकै सुधार आउँछ । यसले दिमागलाई शान्त राख्नुका साथै पूरै शरीरलाई पनि आराम दिन्छ ।

जटामासी

जटामासी एन्टी स्ट्रेस हर्बको रुपमा धेरै लोकप्रिय छ । तनाव भगाउनका लागि जटामसीका जरालाई औषधिको रुपमा प्रयोग गरिन्छ । यसको जराले शरीलाई टक्सिन्सबाट मुक्त बनाउँछ । साथै दिमागलाई पनि स्वास्थ राख्छ ।

अश्वगन्धा

अश्वगन्धा एमीनो एसिड्स र भिटामिनको उत्कृष्ट संयोजन मानिन्छ । यसले दिमागमा शक्ति बढाउनुका साथै स्टेमिना बलियो बनाउन पनि धेरै मद्दत पुर्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्