पूर्व मिस नेपाल निकिता चण्डकको डेब्यु चलचित्र ‘रानी महल’ को छायांकन विवादपछि स्थगित

<span class='c1'>पूर्व मिस नेपाल निकिता चण्डकको डेब्यु चलचित्र</span> <span class='c2'>‘रानी महल’ को छायांकन विवादपछि स्थगित</span>

काठमाडौं । पूर्व मिस नेपाल निकिता चण्डकको डेब्यु रहेको चलचित्र ‘रानी महल’ को छायांकन विवादपछि स्थगित भएको छ । निर्माता वेदप्रसाद भुसाल र प्रोडक्सन डिजाइनर गणेश सापकोटाविचको आर्थिक विवादले छायांकन नै स्थगित भएको हो ।

यस फिल्ममा अनुबन्धीत भएर बर्षा राउत तथा प्रशान्त ताम्राकारले फिल्म छाडे पछि चलचित्र रानी महल शुरुवात देखिनै विवादमा आएको थियो। हाल आएर निर्माता वेदप्रसाद भुसाल र प्रोडक्सन डिजाइनर गणेश सापकोटाविचको आर्थिक लेनदेन हरहिसावमा मनमुटाव हुँदा चलचित्र छायांकन नै स्थगित भएको छ ।निर्माता भुसालले २० प्रतिशत छायांकन मात्र सकिदा आफ्नो २ करोड खर्च भएको दाबी गरेका छन् । पाल्पाको रानी महलमा चलचित्रको छायांकन सकिएपछि यो विवाद उत्पन्न भएको हो ।

निर्माता भुसालले गणेश सापकोटामाथि बढी विश्वास गर्दा धोका पाएको गुनासो गरेका छन् । उनले ५० लाखको हिसाबमा ७ लाखसम्म वेरुजु देखिएको आरोपसमेत लगाएका छन् ।उता सापकोटाले भने यो आरोप गलत भएको र फिल्म युनिटमा काम गर्नेहरुलाई आफ्नो गोजीबाट पैसा दिएको उक्त पैसा नदिएसम्म फिल्म शुटींग गर्न नदिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्