विश्वकप फुटबल : गोल्डेन बुट पाउने दाबेरदार कोको छन् ?

विश्वकप फुटबल : गोल्डेन बुट पाउने दाबेरदार कोको छन् ?

ईंग्ल्याण्डका कप्तान ह्यारी केन रुसमा जारी विश्वकप फुटबलको गोल्डेन बुट पाउने दाबेरदार भएका छन् । उनले
आफ्नो गोलसंख्या ६ पुर्याउदैँ गोल्डेन बुटको दावेदारीको रुपमा उभाएको हो ।

कोलम्बियासँगको खेलमा ५७ औं मिनेटमा पेनाल्टीमा गोल गरेका केन विश्वकपमा गोल्डेन बुटको दावेदारितामा पहिलो स्थानमा उनको नाम रहेको छ । यसअघि समूह चरणका दुई खेलमा केनले ४ गोल गरेका थिए ।

३ खेलमा ६ गोल गरेका केनले ३ गोल पेनाल्टीमा गरेका हुन् । ट्युनिशियाबिरुद्धको २-१ गोलको जितमा दुवै गोल गरेका केनले पानामाबिरुद्धको ६-१ गोलको जितमा दुई पेनाल्टी गोलसहित ह्याट्रिक गरेका थिए ।

कोलम्बियासँग बराबर खेलेपछि पेनाल्टी शुट आउटमा ईंग्ल्याण्डले ४ –३ ले कोलम्बियालाई हराएको थियो । पेनाल्टीमा पनि केनले गोल गरे । तर टाईब्रेकरको गोल गोल्डेन बुटका लागि मान्य हुनेछैन ।

त्यस्तै बेल्जियमका रोमेलू लुकाकूले आफुलाई गोल्डेन बुटको दाबेदारको सुचिमा दर्ज गर्न सफल भएका छन् । रसियामा जारी फिफा विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा उनको नाम पनि दर्ज भएको हो । उनले अहिलेसम्म चार गोल गरीसकेका छन् ।

उनले ट्युनिसियाविरुद्धको खेलमा दुई गोल गरेका थिए । जसको सहयोगमा उनी ‘गोल्डेन बुट’ उपाधिको दौडमा सामेल हुन सफल भएका हुन् । उनले समुह चरणको दुई खेलमा ४ गोल गरेका हुन् ।

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले पनि जारी विश्वकपमा  चार गोल गरेका थिए  । उनले एक ह्याट्रिकसहित चार गोल गरेका हुन् । तर रोनाल्डो भने खेलबाट बाहिरी सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्