सन्दीप लामिछानेको टिमको पहिलो जित , सन्दिपले उत्कृष्ट बलिङ गरे

सन्दीप लामिछानेको टिमको पहिलो जित , सन्दिपले उत्कृष्ट बलिङ गरे

एजेन्सी । नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध रहेको टिम मोन्ट्रियल टाइगर्सले क्यानेडीयन लिग ग्लोबल टी—२० क्रिकेट लिगमा पहिलो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा एडमोन्टोन रोयल्सलाई १५ रनले हराउँदै मोन्ट्रियलले पहिलो जित निकालेको हो । मोन्ट्रियलले यसअघिका तीन खेलमा लगातार हार बेहोरेको थियो । तर, चौथो खेलमा भने मोन्ट्रियलले जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको मोन्ट्रियलले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १२९ रन जोडेको थियो ।

मोन्ट्रियलको लागि मोइसेस हेन्रिकÞुएसले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै नाजिबउल्लाह जाड्रानले अविजित २२ रन जोड्दा सिकन्दर राजाले २० रन जोडे । एडमोन्टोनका वायन प्रनीलले ३ विकेट लिएका थिए ।

मोन्ट्रियलले दिएको १३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एडमोन्टोनले १९ ओभर १ बलमा अलआउट हुँदै ११४ रन बनाउन सक्यो ।  एडमोन्टोनका लुके रोचीले ३० तथा शाइमान अनवरले २४ रन जोडे । यस्तै केभिन ओ ब्रायनले १५ तथा हसन खानले १२ रन बनाएका थिए ।

एडमोन्टोन सस्तैमा रोक्न मोन्ट्रियलका पिटर म्याथ्यु सीड्लेले ४ विकेट लिदा लाथिस मालिंगा र केवोन कोपरले समान २(२ विकेट लिए ।

मोन्ट्रियलको जितमा युवा लेग स्पिनर सन्दीपले उत्कृष्ट बलिङ गरे । सन्दीपले चार ओभर बलिङ गर्दै एक मेडनसहित १६ रन खर्चदै १ विकेट लिए । सन्दीपले वेष्ट इण्डिजका आन्द्रे फ्लेटचरलाई ९ रनमा पेभेलियन फर्काएका थिए । जारी प्रतियोगितामा यो सन्दीपको तेस्रो विकेट हो ।

सन्दीपले खेलेको तीन खेलमा समान एक एक विकेट लिएका हुन् । सन्दीपले दोस्रो खेलमा ४ ओभर बलिङ  गर्दै १ मेडनसहित १९ रन खर्चदै १ विकेट लिए । डेब्यु खेलमा भने सन्दीपले ४ ओभरमा ५७ रन खर्चदै मात्र १ विकेट लिएका थिए ।

इन्डियन प्रिमियर लिग (आईपीएल) लिगमा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीप क्यानाडाको लिगपछि आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्