विश्वकपमा भविष्यवाणी गरिरहेको अक्टोपसलाई पकाएर खाएपछि ..

विश्वकपमा भविष्यवाणी गरिरहेको अक्टोपसलाई पकाएर खाएपछि ..

एजेन्सी । जारी रुस विश्वकपमा प्रचारका अनेकन हतकण्डाहरू प्रयोग हुने गरेका छन्। विश्वकपमा प्रतिस्‍पर्धा गर्ने टिमको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।

यसैबीच एउटा सही भविष्यवाणी गर्दै आएको ‘रैबिओट’ नामक अक्टोपसलाई पकाएर खाएको समाचार अहिले भाइरल बनेको छ। सही भविष्यवाणी गरिरहेको उक्त अक्टोपसलाई सामान्य सी फुड सरह नै बेचिएको थियो। उक्त अक्टोपस बिक्रीमा राखिएको तस्बिर सामाजिक सञ्जालमा अहिले ‘हट केक’ बनिरहेको छ।

रैबिओटले जापानले खेलेका सबै समूहचरणका तीन खेलको भविष्यवाणी सही गरेको थियो। साथै उसले अन्य टिमको भविष्यवाणीसमेत सही गरिरहेको अवस्थामा बेचिएको थियो। बजारमा बेचिरहेको उक्त अक्टोपस नै रैबिओट भएको दाबी गरिएको छ। समूहचरण पछि नकआउट स्टेजका खेलमा समेत उसले पोर्चुगल बाहिरिने भविष्यवाणी गरेको थियो। तर, उसले अन्तिमसम्म भविष्यवाणी गर्न भने पाएन किनकि कसैले बजारमा बेचेर पकाएर उसलाई खाइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्