विश्वकपमा खेलमा हारेपनि रुदै रंगशाला सफा गरे जापनिज समर्थकले

विश्वकपमा खेलमा हारेपनि रुदै रंगशाला सफा गरे जापनिज समर्थकले

एजेन्सी  । एसियाले एक मात्र टिम जापान रुसमा जारी विश्वकपको प्री-क्वाटरफाइनलमा पुगेको थियो । तर क्वटरफाइनलकम पुग्न सकेन । प्री क्वटरफाइनलबाटै घर फर्कनु पर्‍यो । एसियाको अन्तिम आशा जापानमा थियो तर दुर्भाग्य बेल्जियमसँग ३-२ गोलअन्तरले पराजित हुन पुगेको थियो ।

खेलमा जापान हारे पनि मनले सबैको मन जितेर र्फकेको छ । जापान हरे पछि जापानका सर्मथकहरुले आँखाबाट आँसु झारे । एसियाको एउटा मात्रै बाँकी रहेको टिम जापान हार्दा एसिया नै स्तब्ध बनायो ।

जापान हारे पनि हारका बाबजुद जापानका सर्मथकहरुले आफू ‘पराजित’ नभएको पुष्टि गरे, । यसअघि झैँ उनीहरूले अन्तिम सिट्ठीपछि रोस्तोभ एरिना सफा गरे । उनीहरूको आँखामा आँसु थियो तर उनीहरूले यसअघि देखि नै गर्दै आएको आफ्नो जिम्मेवारीलाई भने पूरा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्