कपिल शर्मा यस्तो हालमा नेदरल्याण्डमा भेटिए !

कपिल शर्मा यस्तो हालमा नेदरल्याण्डमा भेटिए !

भारतीय कमेडियन कपिल शर्मा कमेडी नाइट विथ कपिलका कारण  चर्चामा आएका कलाकार हुन् । चर्चाकाे शिखरमा पुग्दै गर्दा कपिल आफ्नै सहकर्मीहरुसँगको झगडा पछि विवादमा मुछिएका थिए ।

विवादमा मुछिए लगत्तै उनकाे शाे पनि बन्द हुन् पुग्याे । पछिल्लोपटक उनले ‘फेमिली टाइम विथ कपिल’ लिएर सोनी टेलिभिजनमार्फत कमब्याक गरेका थिए ।  उक्त शाेमा पनि चर्चित नायिका रानी मुखर्जीलाई बोलाएर आँफै अनुपस्थित बनेपछि उनी फेरी आलोचीत बनेका थिए । अहिले त्यो शो पनि स्थगित छ ।

पछिल्लो समय कपिल शर्मा कहाँ, के गर्दैछन् भन्ने सबैकाे चासाेकाे विषय नै हुनसक्छ । हालै, उनी नेदरल्याण्डमा आफ्नो छुट्टी मनाइरहेको खबर अाएकाे छ ।

कपिलको एउटा फोटो सार्वजनिक भएको छ जसमा उनी एम्सटर्डमको कुनै सुपरमार्केटमा सामान किनिरहेको देखिएका छन् । निकै फिट देखिने कपिल अब पहिलाको तुलनामा निकै मोटाएकाे देखिन्छन् । उनको पेट पनि भ्यात्त बाहिर निस्किएको छ ।

अत्याधिक विबादका कारण उनी लामो समयदेखि फ्रस्टेनको शिकार बन्न पुगेका छन् ।

कपिल अहिले साेसल मिडियाबाट पनि टाढा रहेका छन् । केही भारतीय संचारमाध्यमकाे दाबी अनुसार कपिलकाे कुनै रिह्याब सेन्टरमा उपचार भइरहेको बताइएकाे पनि छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्