यस्ताे बन्दैछ विराटनगरमा सेन्ट्रल मल (भिडियो र तस्बिर सहित)

यस्ताे बन्दैछ विराटनगरमा सेन्ट्रल मल (भिडियो र तस्बिर सहित)

बिराटनगर साउन ३, 

प्रदेश नं. १ को राजधानी विराटनगरमा ठुला योजनाहरु आउने क्रम जारीरहेको छ । ठुला शपिंङ मल तथा होटेल लगायतका क्षेत्रमा बिराटनगरमा ठुला योजना आइरहेका छन् ।

बिराटनगरमा केहि महिना भित्रै अर्को ठुलो योजना ‘सेन्ट्रल मल’ संचालनमा आउन लागेको छ । हाल निर्माणकार्य अन्तिम चरणमा पुगेको उक्त मल केहि महिनामा नै संचालनमा आउने संचालक प्रकाश मुन्दडाले जानकारी दिए।

उक्त मल साढे १८ कठ्ठा जग्गामा निर्माण हुँदै आएको छ । बिराटनगरको मेनरोडमा रहेको उक्त मलमा डिपार्टमेन्टल स्टोर साथै दुईवटा सिनेमा हल,रेस्टुरेन्ट, बालबालिकाको लागि किड्स जोन , लगायतको सुविधाका साथ उक्त मल संचालन हुन लागेको हो । मलमा अन्डरग्राउण्ड पार्किंङको समेत सुबिधा हुनेछ । साथै उक्त मलमा नेपाली तथा अन्तरास्ट्रिय ब्रान्डका बिभिन्न सामान पाइने छ । मलमा आफ्नो स्टल बुकिंङ गर्न पनि सुरु भएको मलले जनाएको छ ।

भिडियाे:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्