इंग्ल्यान्डसँगको टि–ट्वान्टी सिरिज भारतलाई, भारतले २–१ ले सिरिज जित्यो

इंग्ल्यान्डसँगको टि–ट्वान्टी सिरिज भारतलाई, भारतले २–१ ले सिरिज जित्यो

एजेन्सी । भारतले ३ खेलको टि–ट्वान्टी क्रिकेट सिरिजको श्रृृंखला जितेको छ । आइतबार राति भएको तेस्रो खेलमा घरेलु टोली इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेसँगै सिरिज भारतले २–१ ले जितेको हो ।

१९९ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको भारतले निर्धारित ओभर सकिन ४ बल बाँकी छदा ३ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । भारतको जितमा रोहित शर्मा नायक बने । रोहितले अविजित शतक प्रहार गरेका थिए । उनले ५६ बलको सामना गर्दै ११ चौका र ५ छक्काको मद्दतमा १०० रन बनाए ।

त्यस्तै, भारतको जितमा कप्तान विराट कोहली र हार्दिक पान्ड्याले र लोकेश राहुलले पनि विष्फोटक ब्याटिङ गरे । कप्तान कोहलीले २९ बलमा ४३ रन बनाए । उनले २ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै, हार्दिक पान्ड्याले अविजित ३३ रन बनाए । उनले १४ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे । लोकेश राहुलले भने १० बलमा १९ रन बनाए ।

यसअघि टस हारेर कौन्टी मैदानमा ब्याटिङ गरेको घरेलु टिम इंग्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १९८ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जासन रोयले ६७ रन बनाए । उनले ३१ बलको सामना गर्दै ७ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै, जस बुट्लरले ३४ र एलेक्स हलेसले ३० रन बनाए ।

बलिङतर्फ भारतका हार्दिक पान्ड्याले ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्