अब भारतीय कमेडियन कपिल शर्माको पनि बायोपिक बन्ने

अब भारतीय कमेडियन कपिल शर्माको पनि बायोपिक बन्ने

एजेन्सी । भारतीय कमेडियन कपिल शर्माको बायोपिक बन्ने भएको छ । बलिउड अभिनेता संजय दत्तको बायोपिक हेरेपछि निर्देशक विनोद तिवारीले पनि एक बायोपिक बनाउने सोच बनाएका छन् ।

निर्देशक तिवारीले एक भारतीय मिडियासँग दिएको अन्तर्वार्तामा कपिल शर्माको बायोपिक बनाउने इच्छा ब्यक्त गरेका छन् । फिल्ममा कृष्णा अभिषेकको मुख्य भुमिका हुने बताईएको छ । यो फिल्ममार्फत संजय दत्तकी भतिजी नाजिया हुसैनले बलिउडमा डेब्यु गर्ने स्रोतले जनाएको छ ।

फिल्ममा कपिलले नै आफ्नो भुमिका निभाएमा एकदमै उत्तम हुने तर उनले चाहेनन् भने कृष्णा अभिषेकलाई उनको भुमिकामा राख्ने विनोदले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्