एक नम्बर प्रदेशको राजधानी विराटनगर, अब नाममा विवाद (अन्तरवार्ता सहित)

एक नम्बर प्रदेशको राजधानी विराटनगर, अब नाममा विवाद (अन्तरवार्ता सहित)

विराटनगर, २६ असार ।
एक नम्बर प्रदेशको नाम र राजधानीको बिषय लामो समयपछि अब टुङ्ग्याउने तयारी भएको छ । साउन अन्तिमसम्ममा नाम र राजधानी टुंङ्गो लगाउने प्रदश सरकारको तयारी छ । अन्य प्रदेशले नामाकरणको बिषय टुङ्ग्याएसँगै एक नम्बर प्रदेशले राजधानीको बिषयमा पनि पछिल्ला दिनहरुमा घनिभुत छलफल शुरु भएको हो । नाम र राजधानीको बिषय टुङ्ग्याउने गृहकार्य शुरु गरेको प्रदेश सरकारले जनाएको छ । पछिल्लो आवर बिराटनगरलाई प्राप्त जानकारी अनुसार एक नम्बर प्रदेशको स्थायी राजधानी बिराटनगर तोक्ने तयारी भईरहेको छ । तर आधिकारीक रुपमा कुनै मन्त्रीले बताउन चाहेका छैनन तर सांसदहरुले भने मुख खोल्न थालिसकेका छन् । तर सांसदहरुले एक नम्बर प्रदेशको राजधानी बिराटनगर भएको बताउन थालेको भएपनि कुनैपनि दलको संसदीय दलमा निर्णय भने भईसकेको छैन । हामी प्रदेशको नामाकरण र केन्द्र तोक्ने बिषयमा एकदमै नजिर्कै पुगेका छौ, कार्कीले भने, हामी साउन मसान्तभित्र प्रदेशको नाम र राजधानीका बिषयमा टुङ्गो लगाउने छौ । कार्कीले राजधानी छनौट र नामका बिषयमा धेरै प्रस्ताव आईरहेको र  प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले भने यो बिषय  छलफलमा मात्र आएको बताएका छन् । अन्य प्रदेशले नामाकरण गरेर अघि बढीरहेको बिषयमा यो प्रदेशमा पनि छलफललाई ब्यापक बनाएईएको कार्कीले भनेका छन् । एक नम्बर प्रदेशको नाम र राजधानीको बारेमा एक नम्बर प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत आवर विराटनगर डटनेटका सम्पादक सुमन सुस्केराले कुराकानी गरेका छन् ।

अन्य प्रदेशले नाम र राजधानी तोकि सकेको अबस्थामा १ नम्बर प्रदेश सरकार किन ढिला भएको हो ?
विगतको प्रदेश नम्बर ६ ले अघिल्लै संसदबाट नै कर्णाली प्रदेशको नामाकरण र राजधानी तय गरिसकेको सन्दर्भ र प्रदेश नम्बर ४ ले पनि केही दिन अघि मात्र नाम र राजधानीको बिषय टुङ्गो लगाएर महत्वपुर्ण अभिभारा पुरा गरिसकेको अबस्थामा एक नम्बर प्रदेशले पनि त्यो नगर्ने भन्ने कुरा हैन । हामी पनि छलफल कै क्रममा छौ । हामी पनि यो बिषयमा अनौपचारिक छलफमा छौ । खासमा पार्लियामेन्टमा रहेका दलहरु र त्यस बाहिर रहेका दलहरुसँग पनि छलफल गरिरहेका छौ । मैले तपाईलाई भन्नु पर्दा हामीले घोषणा गरे अनुसार यही संसद अधिवेशमा टुङ्ग्याउने भनिए अनुसार हामीले साउन भित्रमा प्रदेशको राजधानी र नामको बिषयमा टुङ्ग्याउँछौँ ।

आन्तरिक गृहकार्य र आन्तरिक छलफल भनेको त धेरै भईसक्या त हैन र ?
धेरै समय भयो, यो भित्रका पाटाहरु धेरै छन्, धेरै बिषयसँग सम्बन्धित ब्यक्तिसँग छलफल गर्नु पर्ने पनि हुन्छ । भरसक सबैको शत्प्रतिशत सहमतीमा गर्न सकियोस् भन्ने हाम्रो प्रयास हो । तर त्यो सम्भावना देख्दैनौ । त्यसो हुँदा हामी प्रक्रियाबाटै अघि बढ्छौँ । केही दिन भित्रै सरकारले आफ्नो प्रस्ताव चै अगाडी बढाउँछ ।
केही दिन भित्र भनेको कहिले हो ? कतिदिन भित्र प्रस्ताव पेश हुन्छ ?
निश्चित् हामी साउन भरीमा पास गर्छौ । अहिले हामी राजनीति परामर्शमा अगाडी बढी रहेका छौ । परामर्श र छलफलको आधारमा चाँडो भन्दा चाँडो प्रस्ताव संसदमा दर्ता हुन्छ ।
नेकपा भित्र त छलफल टुङ्गिएको हो भन्छन् नी ?
नेकपा भित्र पनि छलफल हुँदैछ । यो चै दिर्घकालिन महत्वको बिषय भएकोले र राष्ट्रिय राजनीतिमा पनि अहम बिषय हो । बिगतमा कतिपय मुद्दाहरु उठेका छन् ति मुद्दालाई पनि सम्बोधन गर्नुपर्ने भएकोले ति सबै सरोकारवाला पक्षहरु र मुलुकको मुलभुुत राजनीति नेतृत्व नेकपा, नेपाली कांग्रेस, राप्रपा, संघीय समाजवादी फोरम लगायतका केन्द्रीय राजनितिमा महत्वपुर्ण नेतृत्व गरिरहेका दलहरु र स्थानीय तहसँगपनि कुरा गर्नुपर्ने भएकोले केही समय लागेको हो । यो बिषयमा घनिभुत छलफल चलेको छ ।
छलफल भन्दै हुनुहुन्छ, के भयो, कति चरणमा भयो ?
यतिजना उति जना र यति चरण भन्नेमा नजाउँ , तर यो प्रक्रिया अघि बढी रहेको छ । राजधानीको बिषयमा हामी केही छलफलको नजिक पुगेका छौ । नामको बिषयमा पनि छलफल जारी छ । राजधानी र नामको बिषय सबैको चासो र सारोकारको बिषय भएकोले छलफल आबस्यक छ त्यसैको आधारमा हामी लागि परेका छौ । छलफल जारी छ ।
त्यसो भए हलो कहाँ अड्किएको हो ?
हलो पनि अड्किँदैन, गोरु पनि छुट्टीदैँन, राजधानीको ठाउँ र प्रदेशको नाम हामी छिट्दै टुङ्गो लगाउँछौँ । केही दिन भित्रै संसदमा प्रस्ताव जाने भएकोले यो बिषय अब चाँडै टुङ्गिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्