एउटा बिज्ञापनको पारिश्रमिक १ करोड लिदै प्रिया प्रकाश

एउटा बिज्ञापनको पारिश्रमिक १ करोड लिदै प्रिया प्रकाश

एजेन्सी । यो वर्ष सामाजिक संजालमार्फतमा भाइरल बनेकी भारतीय प्रिया प्रकाश वारियरले पहिलो बिज्ञापनको लागि १ करोड रुपैयाँ भारु पारिश्रमिक लिएकी छन् ।

हालसालै उनलाई मुम्बई फिल्म सिटीमा देखिएको छ । प्रिया प्रकाश त्यहाँ एउटा ब्याबसायिक बिज्ञापन छायांकन गर्न पुगेकी थिईन् ।
प्रियाले आफ्नो पहिलो बिज्ञापनको लागि १ करोड रुपैयाँ पारिश्रमिक लिएकी भारतीय मिडियाले जनाएको छ । प्रियाले आफ्नो सामाजिक यसरी हेर्दा प्रिया प्रकाशले दीपिका पादुकोण, प्रियंका चोपडा र आलिया भट्टलाई पनि पछि पारेकी छन् ।  प्रियाले आफ्नो इंस्टाग्राममा कुनैपनि ब्राण्डको प्रोमोशन गरेको ७.६ लाख रुपैयाँ लिन्छिन् ।

इंस्टाग्राममा उनको ६० लाखभन्दा धेरै फलोअर्स छन् । उनले राखेको भिडियो १ करोड भन्दा धेरै मानिसले हेर्ने गर्छन् ।
प्रिया इंस्टाग्राममा कम समयमा ६ लाख फलोअर्स पुग्ने तेश्रो सेलिब्रेटी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्