विश्वकप फुटबलमा बेल्जियमका गोलरक्षककाे सर्वत्र चर्चा चुलिँदै

विश्वकप फुटबलमा बेल्जियमका गोलरक्षककाे सर्वत्र चर्चा चुलिँदै

एजेन्सी ।

रूसमा जारी विश्वकप फुटबलमा सेमिफाइनलका लागि भएकाे ब्राजिल विरुद्धको खेलमा ‘नायक’ सावित भएका बेल्जियमका गोलरक्षककाे सर्वत्र चर्चा चुलिँदै छ ।

उत्कृष्ट प्रदर्शन गरेका गाेलरक्षक थिबाउट काउरटाेइसको चर्चा किन पनि चुलिएको छ हाे भने उनले बेल्जियमलार्इ सेमीफाइनल पुर्याउन मद्दत त गरे नै अाज (मंगलबार) हुन लागेकाे सेमीफाइल खेलमा पनि उनीप्रति अाशा र चासाे बढेकाे छ ।

क्वार्टरफाइनलकाे खेलमा चेल्सीका नम्बर एक गोलरक्षकसमेत रहेका काउरटाेइसले ब्राजिलियन खेलाडीका घातक मानिएका चार भन्दा बढी प्रहारलाई उत्कृष्ट रुपमा बचाउ गरेका थिए । बेल्जियमको पोस्टमा ब्राजिलले ३ भन्दा बढी गोलनै हुने बल प्रहार गरेकाे थियाे तर उनले चतुरतापूर्वक जोगाएका थिए । उनकाे यस उत्कृष्ट प्रदर्शनकाे बेल्जियममा मात्र होइन संसार भर खुलेर प्रसंसा भइरहेको छ।

काउरटाेइस निकै अनुभवी गोलरक्षक मानिन्छन् । उनले जीवनकै उत्कृष्ट प्रदर्शन गरेको भन्दै धेरैले खुलेर तारिफ गरेका छन् । अाज हुने फ्रान्स विरूद्ध बेल्जियमकाे सेमिफाइनल भिडन्तमा पनि उनीबाट साेही खालकाे उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ ।

उनी बेल्जियमको यू–१८ बाट एकैपटक  सिनियर टिममा परेका थिए । सन् २०११ देखि निरन्तर रुपमा बेल्जियमको पहिलो रोजाइका गोलरक्षक बनिरेका उनले ६३ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। सन् २०११ देखि उनी चेल्सीमै अाबद्ध छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्