गायक जस्टिन बीबरले हेली वाल्डविनसँग विवाह गर्ने

गायक जस्टिन बीबरले हेली वाल्डविनसँग विवाह गर्ने

क्यानाडियन गायक जस्टिन बीबरले लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी आफ्नी गर्लफ्रेण्ड हेली वाल्डविनसँग विवाह गर्ने भएका छन् ।२२ बर्षिया हेली अमेरीकाकी मोडल हुन् उनी थुप्रै म्युजिक भिडियो र टेलिभिजन कार्यक्रममा देखिईसकेकी छिन् । उनी अभिनेता तथा निर्माता स्टीफन वाल्डविनकी छोरी हुन् ।

२४ बर्षिया जस्टिन पछिल्लो दुईबर्षदेखि हेलीको प्रेममा थिए उनी लामो समय गायिका सेलेना गोमेजको प्रेममा थिए तर जव सन् २०१३मा यि दुईको प्रेम सम्बन्ध टुट्न पुग्यो त्यसपछि जस्टिन हेलीसँग नजिकिएका थिए ।हेलीसँग नजिकिएतापनि यसबिचमा जस्टिनको अन्य थुप्रै युवतीहरुसँग नाम जोडिएको थियो ।

जस्टिन र हेलीले ७ जुलाईमा बहमासको एक रिसोर्टमा ईन्गेजमेन्ट गरेका हुन् ।ईन्गेजमेन्ट पछि उनीहरुको विवाहलाई लिएर जस्टिनका मातापिताले सामाजीक संजाल मार्फत खुशीयाली शेयर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्