विराटनगरबाट अवैध चौपायाको चोरी निकासी, एकजना प्रहरीद्धारा पक्राउ

विराटनगरबाट अवैध चौपायाको चोरी निकासी, एकजना प्रहरीद्धारा पक्राउ

विराटनगर, २६ असार ।
विराटनगरको रानी नाका प्रयोग गर्दै अबैध चौपायाको चोरी निकासी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले तस्करी गर्दै गरेको चौपायासहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
सिमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान अन्तरगत खटिएको टोलीले नेपालबाट भारततर्फ चोरी निकासी गरी लैजादै गरेको गोरुसहित मोरङ जहदा गाउँपालिका ३ का सुबोध यादवलाई प्रहरीले पक्राउ गरेको हो । बरामद गोरुलाई आज साँझ भन्सार बुझाईएको छ भने पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरी निरिक्षक सन्तोष निरौलाले जानकारी दिए । पछिल्ला दिनमा चौपायाको अबैध कारोवार तथा ओसार पसार हुने गरेको पाईएपछि प्रहरीको सक्रियता बढेको प्रहरी निरिक्षक निरौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्