विराटनगरका अस्पतालमा खतरनाक धन्दा ,चिकित्सक अवकाश दिने निर्देशक आफै कार्वाहीमा

<span class='c1'>विराटनगरका अस्पतालमा खतरनाक धन्दा ,चिकित्सक</span> <span class='c2'>अवकाश दिने निर्देशक आफै कार्वाहीमा</span>

विराटनगर, २६ असार । विराटनगरको हस्पताल चोकमा रहेको संजिवनी हस्पिटल एण्ड आईभिएफ रिरसर्ट सेन्टर प्रालिका कार्यकारी निर्देशक कमलेश कर्ण र प्रशासकीय अधिकृत राम पण्डित कार्वाहीमा परेका छन् ।
अस्पतालको बोर्ड बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो । अस्पतालको नयाँ आएका व्यवस्थापकले विरामीलाई आफ्नै हस्पिटल वाहेक अन्यत्र रेफर भएर जान नदिई आम्दानीको लोभमा चिकित्सकलाई जवरजस्ती सोही अस्पतालमै उपचार गराउन बाध्य बनाएको समाचार आवरबिराटनगरले सार्बजनिक गरेको थियो ।(विराटनगरको संजिवनी अस्पताल प्रशासनद्धारा बिरामीको…) यस्तो रहस्य सार्वजानिक भएसँगै अस्पतालमा कार्यरत डाक्टर आलोक रायलाई विरामी अन्यत्रै पठाउन सल्लाह दिएको आरोपमा कर्ण सहित राम पण्डितले अवकाश सहित ५० हजार रुपैयाँ जरिवाना गर्नु पर्ने सहितको पत्र दिएका थिए । अवकासको पत्र थमाउने कार्यकारी संचालक कर्ण र प्रशासकिय अधिकृत पण्डितलाई अस्पतालको बोर्ड बैठकले निलम्बन गरेको हो । गलत धन्दा चलाउन दवाव दिएको भन्दै रायले नेपाल चिकित्सक संघमा निवेदन दिएका थिए । त्यस पछि घटना बाहिर आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्