सीमानाका रानीबाट केआई नेपालद्धारा ६ महिनामा ३० जनाको उद्दार

सीमानाका रानीबाट केआई नेपालद्धारा ६ महिनामा ३० जनाको उद्दार

विराटनगर, २७ असार ।
केआई नेपालले मन्त्री स्तरिय निर्णयबाट मानव बेचविखन र ओसारपसार विरुद्धको राष्ट्रिय समिति सदस्यमा मनोनित भएको भन्दै खुसीयाली मनाएको छ । २०६४ सालमा स्थापना भएर देशका ८ वटा सिमानाकामा काम गर्दै आएको केआई नेपालले देशभर नै एकसाथ बिभिन्न कार्यक्रमको आयोजना गरि पाएको सम्मान र पुरस्कारको बारेमा खुसीयाली मनाएको हो ।
विराटनगरको रानीमा रहेको केआई नेपालले मानव बेचविखन तथा ओसार पसार नियन्त्रणको लागि काम गरिरहेको छ । सन् २०१८ को ६ महिनामा सिमानाकाहरुबाट केआई नेपालले ३ सय ८९ जनाको उद्दार गरेको जनाएको छ । मोरङको रानी नाकाबाट भने ३० जनाको उद्दार र परिवार पुनर्मिलन गराईएको केआई नेपाल विराटनगरका कार्यक्रम संयोजक शुसिल मरहठ्ठाले जानकारी दिए । विराटनगर स्थित रानी नाकामा सुचना सम्प्रेषण, परामर्श तथा उद्दारका कार्यक्रम संचालन गर्दै आएको उनले जानकारी दिए ।एक हजार ९ जनालाई परामर्श दिएको, ३० जनाको उद्दार एवम् पुनर्मिलन, २६ जनालाई आबस्यक अनुसन्धानका लागि प्रहरीलाई बुझाएको, ५ जनालाई प्रहरीले संस्थालाई बुझाएको, २४ जनाले आपत्कालिन आवधिक गृहमा सेवाप्राप्त गरेको र एकजनालाई पुनःस्थापना गृहमा पठाएको मरहठ्ठाले बताए । संस्थाले आफ्नै कार्यालयमा आयोजना गरेको कार्यक्रममा ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षक सन्तोष निरौला, विराटनगर महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष मोहम्मल असलम आलम, सिमाना निगरानीमा काम गर्दै आएका माईती नेपाल, साना हातहरु संस्थाका कर्मचारीको समेत उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्