‘नाइँ न भन्नु ल ५’ यस्तो बन्यो , ट्रेलर हेर्नुहोस !

‘नाइँ न भन्नु ल ५’ यस्तो बन्यो , ट्रेलर हेर्नुहोस !

काठमाडौँ । फिल्म ‘नाइँ न भन्नु ल ५’को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्ममा सबैभन्दा सफल सिरिजको रूपमा लिइएको ‘नाइँ न भन्नु ल’को यो पाँचौँ श्रृंखल हो ।

ट्रेलरमा अधिकांश कलाकारहरू फिचर छन् । यो फिल्मको विकास राज आचार्यले निर्माण तथा निर्देशन गरेका हुन् । हरिवोल भण्डारी र गौरी राज जोशी निर्माताको रूपमा रहेका फिल्मको कथा सामीप्यराज तिमल्सेना र निर्देशक आचार्यले मिलेर लेखेका हुन् । फिल्मको छायाङ्कन पुरुषोत्तम प्रधानको रहेको छ। फिल्ममा पुराना कलाकारको रूपमा अनुभव रेग्मी र प्रियंका कार्की दोहोरिएका छन् ।

अनुभव रेग्मी र प्रियंका कार्की लगतएतका स्वस्तिमा खड्का, दिलीप रायमाझी, निरुता सिंह, केकी अधिकारी र नव नायक अभिषेक नेपाल, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेका छन्। फिल्मलाई भदौ ८ गते रिलिज हुने मिति तोकिएको छ ।

https://www.youtube.com/watch?v=rauujlVEZPE

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्