ग्लोबल टी–२० लिगमा सन्दीपको राम्रो प्रदर्शन , ५ खेलमा ८ विकेट

ग्लोबल टी–२० लिगमा सन्दीपको राम्रो प्रदर्शन , ५ खेलमा ८ विकेट

एजेन्सी । नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध टिम मोन्ट्रियल टाइगर्सले क्यानेडीयन ग्लोबल टी—२० लिग क्रिकेटमा दोस्रो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा शीर्ष स्थानको वेष्ट इण्डिज ‘बी’ लाई ६ विकेटले हराएसँगै मोन्ट्रियलको यो दोस्रो जित हो । मोन्ट्रियललाई जित दिलाउने क्रममा सन्दीपले उकृष्ट बलिङ गरे । सन्दीपले वेष्ट इण्डिज ‘बी’ विरुद्ध ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिएका थिए ।

क्यानेडीयन ग्लोबल टी—२० लिगमा सन्दीपले यो सँगै ८ विकेट लिएका छन् । सन्दीपले अघिल्ला तीन खेलमा समान १—१ विकेट लिएका थिए भने चौथो टोरन्टो नेशनल्ससँगको खेलमा २ विकेट लिएका थिए ।

टस हारेर पहिला ब्याटिङको निम्ता पाएको वेष्ट इण्डिज ‘बी’ ले मोन्ट्रियललाई जितका लागि १६३ रनको लक्ष्य दिएको थियो । वेष्ट इण्डिज ‘बी’ ले दिएको १६३ रनको लक्ष्य मोन्ट्रियलले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

मोन्ट्रियलका लागि सुनील नारिनेले ६१ रन जोड्दा मोसेस हेनरिक र सिकन्दर राजाले समान ३२—३२ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले पूरै २० ओभरमा ७ विकेट गुमाएर १६२ रन जोडेको थियो । वेष्ट इण्डिजका शामर स्प्रिनगरले ६२ रन जोडे । मोन्ट्रियलका सन्दीपले ३ विकेट लिँदा सिसिल परभेजले २ विकेट लिए ।

क्यानेडीयन ग्लोबल टि—२० लिगमा सन्दीपले अहिलेसम्म खेलेका ५ खेलमा २० ओभर बलिङ गर्दै १५७ रन खर्चदै २ मेडन ओभरसहित ८ विकेट लिएका छन् ।
यो जितपछि सन्दीपको टोली मोन्ट्रियलले ६ खेलबाट ४ अंक जोडेको छ । मोन्ट्रियल लिगको पाँचांै स्थानमा छ । पारजित भए पनि वेष्ट इण्डिज ८ अंकसहित शीर्ष स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्