कोशी अञ्चल अस्पताल सुधार्ने कस्ले ? ओपिडीमा ५ मिनेटको लागि ३ घण्टा कुर्छन् सर्बसाधारण(भिडियो सहित)

कोशी अञ्चल अस्पताल सुधार्ने कस्ले ? ओपिडीमा ५ मिनेटको लागि ३ घण्टा कुर्छन्  सर्बसाधारण(भिडियो सहित)

प्रेम देवान,
विराटनगर, २७ असार ।
कोशी अञ्चल अस्पतालको सुधारका कार्यक्रम ल्याईएपनि प्रगती खासै देखिएको छैन । यस्ता अभियानले न नागरिकले सुधारको महसुस गरेका छन् न त समय सान्दभिक कर्मचारीमा पनि अस्पताल सुधारको काममा सहयोग गर्नुपर्छ भन्ने ब्यवहार परिर्वतन नै छ । सुधारका लागि आउने कार्यक्रम ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मत्’ भने झै देखिँदै आएको छ । कोशी अञ्चल अस्पताललाई ब्यवस्थित गर्ने भनेर मन्त्रीदेखि मेयरसम्मले नयाँ अभियान भन्दै कोशी अञ्चल अस्पताल धाए तर उपलब्धि शुन्य बरावर छ । गएर हेर्नु र फर्किनुको बिकल्प छैन । लगानी जती नै गरेपनि आन्तरिक रुपमा मौलाएको भ्रष्टाचार अर्को समस्याको रुमा देखिएको छ । यसरी मन्त्रीदेखि मेयरसम्मबाट भएको अभियान अस्पताल प्रशासन तथा अस्पताल विकास समिति बाहेकमा प्रभावकारीता देखिएको छैन । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे मात्र हैन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सहितको टोलीले आफु्ु निर्वाचित भएर आएदेखि कोशी अञ्चल अस्पताल सुधार अभियन भनेर केही दिनसम्म राम्रैसंग काम गरे तर अहिले आएर त्यो अभियान एकाएक सेलाएको छ ।
यस्तोसम्मको लापरवाही
कोशी अञ्चल अस्पताल भित्रको लापरवाही के होला त ? त्यो तपाईले सोचे भन्दा फरक छ । बाहिर सेवाग्राहीले पाउने सास्ती र डाक्टर समयमा नै नआउने देखि फोहोर ब्यवस्थापन हुन नसकेको बारेमा हामीले बिभिन्न समयमा रिपोर्टिङ गरि सकेका छौ । तर मानिस नै नभएको वा बिरामी नै नभएको कुनै कक्षमा फनफनी पंंखा घुमेको देख्नु भयो भने तपाईलाई पक्कैपनि निको लाग्दैन । तर अस्पतालको आकस्किमक सेवा अन्र्तगतको अब्जरभेसन कक्षमा करिव १० वटा वेड छन् तर एक जना पनि विरामी थिएनन् । कोठा भित्र रहेका आधार दर्जन बढी पंखा घुमिरहेका थिए । कोठामा नत विरामी नै थिए, न त डाक्टर नै । तर विडम्बना मानौ सरकारी सम्पतिको राम्रैसँग दुरुपयोग हुँदै थियो । हामीले त्यति बेलै आकस्मिक सेवाका ईन्चाज रघुनन्दन अधिकारीलाई सोध्यौँ, उनले सहजै भने, भर्खरै कोठा सफा गरेका कारण सुक्नलाई पंखा चलाएका हौ ।
उक्त कक्षमा रेखदेख गर्ने कर्मचारी नभएको कारण दिउँसै मदिरा सेवन गरेर लठ्ठ परेर सुतिरहेका एक जना ब्यक्तिपनि भेट्यौ । हामीले उनीसँग तपाई विरामी हो ? भनेर सोध्दा उनले आकस्मिक सेवाका ईन्चाज कै अगाडी झर्कीँदै बाहिर निस्कीए ।
अस्पतालको ढोका लथालिङ्ग
कोशी अस्पतालका शौचालयका ढोका भत्किएर लथालिङ्ग भएर वेवारिसे अवस्थामा छन् । शौच गर्न जादा पनि सेवाग्राहीलाई हातले समातेर शौचमा बस्नु पर्ने बाध्यता छ । अप्ठेरो महशुस गरेर सेवाग्राही फर्किनु पर्ने बाध्यतामा छन् । शौचालयमा त भत्किएकै ढोका तानेरै भएप्नि सेवाग्राही बस्लान् तर शौचालयबाट निस्किएको फोहोर ब्यवस्थापनमा कसैको पनि ध्यान गएको छैन । यसले अस्पताल बाहिरको वातावरणलाई प्रदुषित गराएको छ। विरामी भएर आफन्तलाई लिएर गएका सेवाग्राही विरामी परेर फर्किनु पर्ने हो की भन्ने अर्को त्रास देखिन्छन् ।
२ घण्टा मात्र ओपिडीमा डाक्टर
कोशी अञ्चल अस्पतालको समस्याको बारेमा धेरैलाई जानकारी हुँदा हुँदैपनि केही बिषय छारस्ट भएर बाहिर आएको छ । अस्पतालमा २ घन्टा मात्र डाक्टर बस्ने गरेका कारण कोशी अञ्चल अस्पतालको ओपिडी सेवामा अत्याधिक चाप हुन्छ । एउटा बिरामीले आफ्नो ओपिडी रिपोर्ट लिन २ दिनसम्म कुर्नु पर्ने बाध्यता सर्बसाधारणसँग छ । सरकारी अस्पतालमा सस्तो हुने भएका कारण सेवाग्राहीको चाप हुनु स्वाभाबिक हो। तर डाक्टरले दिने सेवा भनेको जम्मा २ घण्टा मात्र । अस्पतालमा विरामीको चाप अत्याधिक हुनुको कारण बिहान ८ बजे देखि लाईनमा बसेर पुर्जा लिएका सेवाग्रहीले समयमा नै सेवा नपाउँदाको परिणाम रहेको कर्मचारीहरु नै बताउँछन् । बिहान ८ बजे पुर्जा काटेका सेवाग्राहीले डाक्टरलाई भेट्ने समय भनेको ११ वजेपछि मात्र हो । त्यो ३ घण्टाको भिड थेग्न डाक्टरलाई हम्मे–हम्मे पर्छ । एउटा बिरामीलाई ५ मिनेट पनि समय डाक्टरले दिन भ्याउँदैनन् ।

https://www.youtube.com/watch?v=A_N0guRVdpI

सेवाबृद्धीले विरामीको चाप
अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डाक्टर रोशन पोखरेलले अस्पतालमा एक बर्ष पहिला र अहिलेको अबस्थामा धेरै सुधार भएको बताएका छन् । मेसू पोखरेलका अनुसार, अस्पतालमा एक्सरेको रिपोर्ट अघिल्लो दिन चेक गरेर भोली पल्ट मात्र लिन सकिन्छ । त्यो पनि ११ बजे अघि डाक्टरलाई देखाएकाहरुले भने सोही दिन उपचार गराएर फर्किन पाउने मेसु पोखरेल दाबी गर्छन् । पहिलो चरणमा ११ बजेसम्मका बाहेक पछि आउनेको भने रिपोर्ट अर्को दिन मात्र पाउने गरेका छन् । ठुलो ल्याव २ बजेसम्म मात्र चल्ने भएकोले रिपोर्ट भोली पल्ट दिने गरिएको उनको भनाई छ । पछिल्ला दिनहरुमा सबैखालका जाँचहरु थालिएको तर कर्मचारी उही पहिलेकै अबस्थामा रहेकोले केही भिड बढेको मेसु पोखरेलको भनाई छ । कोशी अस्पतालले पछिल्ला दिनहरुमा थपेका सेवा क्यान्सरको जाँच, थाईराईडको जाँच, महिलाको रगतमा हुने हर्मोनका जाँच समेत शुरु भएपछि बिरामीको चापमा बृद्धी भएको छ । त्यस्तै ओपिडीमा पनि बिरामीको चाप बढेको छ । अस्पतालमा दैनिक उक हजार २ सय भन्दा बढी विरामी उपचारको लागि आउने गरेको उनको भनाई छ।

बन्दैछ, कोशी अस्पताल
कोशी अञ्चल अस्पताल गत बर्षको भन्दा केही फरक देखिँदै आएको छ । सुधार गर्नु पर्ने धेरै पक्षहरु अथाह देखिए पनि गत बर्षहरुको तुललनामा केही सुधारको संकेत देखिएको छ । तर केही अटेर कर्मचारीका कारण मेसुलाई काम गर्न नदिईएको भन्ने गुनासाहरु पनि आएका छन् । तर त्यसका बिच पनि आगामी दिनमा धेरै कामहरु गर्न खोजीएको कोशी अस्पताल संचालक समिति तथा प्रशासनको भनाई छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर पोखरेलले बिरामीको चाप थेग्नै नसक्नेगरी बढेपछि ओपिडी ब्लक बढाउने बताए । उनले टिकटलाई ब्यवस्थित गराईने, नयाँ प्रशुती भवनको निर्माणको शुरु गरिने र त्यसको क्षमता एक सय बेडको हुने, विर अस्पतालसँगको सहकार्यमा एडिएमएसका बिद्यार्थी ल्याउने समेत तयारी भईरहेको जानकारी दिए । ‘हामीले केही गरेनौ भन्ने हैन केही गरिरहेका छौ, केही सानातिना कुराहरु काम गर्दैजाँदा छुट्न सक्छन् त्यसलाई पनि सुधार गर्दै जाने पक्षमा छौ, उनले भने, एमबिबिएसको परियोजन प्रदेश सरकारबाट शुरु गर्ने योजना छ, यो बर्ष देखि त्यो कार्यक्रम पनि शुरु गर्ने तयारीमा छौँ ।’
केही तत्काल देखिएका नराम्रा कुराको सुधार गर्ने तर्फ अहिलेको अस्पताल प्रशासनको ध्यान जानु पर्ने देखिएको छ । अस्पताल संचालन र ब्यवस्थापन को लागि ल्याईएका योजना र प्रस्तावहरुलाई कार्यान्वयन गराई नमुना अस्पतालको रुपमा अगाडी बढाउने हो भने तत्कालै साना कुरामा पनि ध्यान जानु अहिलेको खाँचा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्