विराटनगरको संजिवनी अस्पतालाई कार्वाहीको लागि प्रशासनको निर्देशन

<span class='c1'>विराटनगरको संजिवनी अस्पतालाई कार्वाहीको</span> <span class='c2'>लागि प्रशासनको निर्देशन</span>

विराटनगर, २९ असार ।
विराटनगरको हस्पिटल चोकमा रहेको संजिवनी हस्पिटल एण्ड आईभिएफ रिसर्च सेन्टर प्रा.लिले डाक्टरको काबु बाहिर रहेको विरामीलाई पनि आम्दानीको लोभमा जवरजस्ती उपचार गर्न लगाएपछि कार्वाही प्रक्रिया अघि बढेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्ला जनस्वास्थ्य कार्यालय मोरङलाई अनुसन्धान गरी कार्वाही गर्न पत्र काटेको हो । हस्पिटलका ब्यवस्थापकले आम्दानीको लोभमा विरामीलाई अन्यत्र जान सुझाव दिने डाक्टरलाई कार्वाही गरेको सम्बन्धि खबर ओबिले सार्बजनिक गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले चासो दिएको हो । गम्भीर प्रकृतिको विरामीलाई पनि अस्पताल संचालकले मनोमानी ढंगबाट आफ्नै अस्पतालमा नराखि अन्यत्र पठाएको भन्दै अस्पतालका डाक्टर आलोक रायलाई ५० हजार अस्पतालको आम्दानी गुमेको भन्दै जरिवाना सहित अवकाश दिईएको थियो । विरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने गम्भीर घटना सार्बजनिक भएको भन्दै पब्लिक फोरमले घटनाको तत्काल छानविन गरी कार्वाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता गराएको थियो । सोही उजुरीका आधारमा तत्काल घटना छानविन गरी कार्वाही प्रक्रिया अघि बढाउन जिल्ला जनस्वास्थ्य कार्यालयलाई भनिएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । ‘यस कार्यालयमा संजिवनी हस्पिटल बारेमा उजुरी आएको थियो, प्रमुख जिल्ला अधिकारी आचार्यले भने, दोषी दोखिए अनुसन्धान गरी कार्वाही गर्न जनस्वास्थ्यलाई भनेका छौ ।’
स्वास्थ्य सम्बन्धि समस्याको अनुगमन गरी कार्वाही गर्ने निकाय जिल्ला जनस्वास्थ्य भएकोले उसैलाई लेखी पठाएको प्रजिअ आचार्यको भनाई छ । डाक्टरले उपचार गराउन नसक्ने र बिपि स्वास्थ्य प्रतिष्ठान धरान लैजानु पर्ने भन्दै बिरामी रेफर गरेकोमा अस्पतालका प्रबन्ध निर्देशक कमलेश कुमार कर्णले डाक्टरलाई नै बर्खास्ती र जरिवानाको पत्र बुझाएका थिए । सो घटनामा कर्णले माफी मागेका छन् भने अस्पताल प्रशासनले उनलाई निलम्बन गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्