नोवेलको बद्मासी:सुत्केरीको मृत्यु पछि नोबेलको प्रसुती सेवा बन्द

<span class='c1'>नोवेलको बद्मासी:सुत्केरीको मृत्यु पछि </span> <span class='c2'>नोबेलको प्रसुती सेवा बन्द</span>

विराटनगर, २९ असार । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा एक सातामा ३ जनाको ज्यान गएपछि प्रशुती सेवा बन्द गरिएको छ ।  उपचारकालागि आएका विरामीको निरन्तर मृत्यु भएपनि न अस्पताल संवेदनशिल बनेको छ नत नियमनकारी निकाय नै । उपचारका क्रममा मृत्यु भएकाहरुलाई अस्पतालले क्षतिपूर्ती दिएर थामथुम पारीरहेको छ । तर निरन्तर उपचारकालागि आएका विरामीको ज्यान गइरहेको बिषयमा अस्पताल संवेदनशिल बनेको छैन् ।

विरामीको मृत्यु हुन थालेपछि अस्पतालले प्रसूति सेवा नै बन्द गरेको छ । नेपाल सरकारको आमा सुरक्षा कार्याक्रम मार्फत प्रसूति सेवा सञ्चालन गर्दै आएको नोबेलले आइतवारदेखि सेवा बन्द गरेको हो । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले प्रसूतिकालागि छुट्टै वार्ड बनाउने काम सुरु गरेको बताउदै तत्काललाई प्रसूति सेवा बन्द गरेको जानकारी दिए । तर सेवा बन्द गर्नुमा अस्पतालको वार्ड सार्ने भन्दा पनि विरामीको मृत्युहुने कारण बढी छ । विरामीको मृत्यु हुन थालेपछि अस्पतालले सेवा नै बन्द गरेको हो । दाहाल अनिश्चित कालकालागि प्रसूतिका विरामी भर्ना नलिने गरेको जानकारी दिए ।

अस्पतालमा गत जेठ १० र ११ गते उपचारकालागि आएका चैता मण्डल र सविता राईको मृत्यु भएको थियो । अस्पतालको लाप्रवाहीका कारण मोरङ सुनबर्षी ८ का ३५ वर्षीय चैता मण्डलको जेठ ११ गते शुक्रबार र झापाको बिर्तामोड १० की ३० वर्षीया सविता राईको जेठ १० गते बिहीबार मृत्यु भएको थियो । आन्द्राको घाउको अप्रेशन गर्दा इन्फेक्सन भएको भन्दै दोस्रो पटक अप्रेशन गर्ने क्रममा मण्डलको मृत्यु भएको थियो भने अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएकी राईको डाक्टरकै लाप्रवाहीका कारण ज्यान गएको थियो ।निरन्तर विरामीको मृत्यु हुन थालेपछि अस्पतालको प्रसूति विभागमा कार्यरत चिकित्सकले पनि राजीनामा दिएका छन् । निरन्तर विरामीको मृत्यु हुनथालेपछि डाक्टरले पनि राजीनामा दिएका हुन् ।

जानकारी नदिइ सेवा बन्द 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार स्वास्थ्य महाशाखाबाट स्वीकृत लिएर आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको नोबेल मेडिकल कलेजले सेवा बन्द गरेपनि सम्बन्धित निकायलाई जानकारी गराएको छैन् ।स्थानीय सरकार हुदै परिवार स्वास्थ्य महासाखालाई पनि सेवा बन्द गर्ने बिषयमा जानकारी गराउनुपर्ने हुन्छ । तर नोबेलले सेवा बन्द गराएको बिषयमा महानगरपालिकालाई पनि जानकारी गराएको छैन् । आमा सुरक्षा कार्याक्रमको सुविधा विराटनगर महानगरपालिका मार्फत लिदै आएको छ । तर सेवा बन्द गरेको बिषयमा महानगरलाई जानकारी नै नआएको स्वास्थ्य महासाखा प्रमुख लजिता योञ्जन बताउछिन् । असारमा थोरै बिरामीको संख्या पेस गरेको बताउदै उनले सेवा बन्द गरेको बिषयमा जानकारी नआएको बताएकी हुन् । अस्पतालले पूर्व क्षेत्रिय स्वास्थ्य निर्देशनालयलाई पनि जानकारी गराएको छैन् । कार्यालय प्रमुख चन्द्रदेव मेहताले अस्पतालले आमा सुरक्षा कार्यक्रम बन्द गराएको बारे कुनै जानकारी नआएको बताएका हुन् । उद्घोष दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्