इंग्ल्यान्डका समर्थकमाथि फिफाले अनुसन्धान गर्ने

इंग्ल्यान्डका समर्थकमाथि फिफाले अनुसन्धान गर्ने

बीबीसी । बुधबार भएको सेमिफाइनल खेलमा इंग्ल्यान्ड क्रोएसियासँग पराजित भएपछि इंग्ल्यान्डका समर्थकले गरेको भेदभावपूर्ण व्यवहारलाई फिफाले अनुसन्धान गर्ने भएको छ । “इग्ल्यान्डका समर्थकद्वारा भेदभाव भएको बारे फिफामा उजुरी परेपछि, त्यसलाई हामी अनुसन्धान गर्छौं,” फिफाले बीबीसीसँग भनेको छ ।’

उजुरी पछि फुलबल एशोसियसनलाई अनुशासनात्मक कारबाही सुरु भएको छ । बुधबार क्रोएसियाले थप गरिएको समयमा गोल गरेपछि इंग्ल्यान्ड २—१ गोल अन्तरले पराजित भएको थियो ।

इंग्ल्यान्ड शनिबार पिटर्सवर्ग रंगशालामा तेस्रो स्थानका लागि बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ । फिफाले इंग्ल्यान्डको फुटबल टिमलाई ७० हजार स्विस फ्र्यांक ७७ लाख ५७ हजार नेपाली रुपैया जरिवाना लगाएको छ ।  विश्वकपका खेलमा इंग्ल्यान्डका खेलाडीहरु डेल अली, इरिक डायर र रहिम स्टरलिङले फिफाले अनुमति नदिएका मोजा प्रयोग गरेपछि जरिबाना गरेको फिफाले बताएको छ । फिफाले इङल्यान्डले मिडिया र माकेर्टिङ नियम मिचेकोले जरिबाना गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्