बिराटनगरमा हुने मिडिया कपको टाइसिट ड्रा सम्पन्न , यस्ता छन् खेल !!

बिराटनगरमा हुने मिडिया कपको टाइसिट ड्रा सम्पन्न , यस्ता छन् खेल !!

बिराटनगर असार २९ , बिराटनगरका पत्रकारहरु अब फुटबल मैदानमा फुटबल खेल्न निस्किने भएका छन् । बिराटनगरमा असार ३० गते आयोजना हुने “मिडिया फुटसल कप” मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न मिडिया हाउसबीच मैत्रीपूर्ण खेल हुनेछ ।

रसियामा जारीरहेको विश्वकपको रौनक बढाउन तथा मिडियाकर्मी बिच सम्बन्ध प्रगाढ बनाउन ओबी मिडिया प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको प्रबन्ध निर्देशक बिबेक दाहालले  जानकारी दिए । प्रतियोगिताको सहयोगीको रुपमा नेपाल पत्रकार महासंघ मोरङ रहेको छ ।

शनिबार बिहान ७ बजेदेखि उक्त मिडिया कप प्रतियोगिता बिराटनगरको हिट एण्ड ह्याङ आउट फुटसलमा संचालन हुनेछ । आज ओबि मिडिया प्रालिको कार्यालयमा टाइसिट ड्रा गरिएको थियो ।

यस्तो छ टाइसिट : 

शनिबार

बिहान ६ बजे : नागरिक पत्रिका भर्सेस नेपाल टाइम्स मिडिया 

बिहान ६:३० बजे : न्यु सृष्टि दैनिक भर्सेस ओबी मिडिया प्राली

बिहान ७ बजे : उद्घोष दैनिक भर्सेस मकालु टिभी 

बिहान ७:३० बजे : जनविद्रोह दैनिक भर्सेस कोशी एफएम 

सेमिफाइनल : बिहान १० बजे र १०:३० बजे

फाइनल : बिहान : ११ बजे

खेल हुने स्थान : हिट एण्ड ह्याङ आउट फुटसल

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्