सलमान खानलाई नेपाल ल्याउने भन्दै लाखौं ठगी गरेको आरोपमा सिमान्त गुरुङ पक्राउ

<span class='c1'>सलमान खानलाई नेपाल ल्याउने भन्दै लाखौं</span> <span class='c2'>ठगी गरेको आरोपमा सिमान्त गुरुङ पक्राउ</span>

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानलाई नेपाल ल्याउने भन्दै लाखौं ठगी गरेको आरोपमा ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङ पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई लाजिम्पाटबाट पक्राउ गरेको हो । 

उनलाई टिकटको पैसा फिर्ता नगरेको, साझेदारसँग सल्लाह नगरेर रकम दुरुपयोग गरेको लगायतका उजुरीका आधारमा पक्राउ गरिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए । नेपालमा सलमान खानलगायत कलाकारलाई ल्याउने भनेर लाखौंको टिकट बिक्री गरिएको भए पनि अन्तिम समयमा आएर सुरक्षाको कारण देखाउँदै सलमान नेपाल आएका थिएनन् । त्योबेला बिक्री गरिएका टिकटको रकम फिर्ता नगरी सलमान केही समयपछि आउने गुरुङले बताउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्